काठमाडौं- नविल ब्यालेन्स फण्डले सञ्चालनमा आएको एक वर्षमै लाभांश घोषणा गरेको छ। फण्डले करसहित ९ प्रतिशत नगद लाभांश दिने भएको हो। त्यस्तै नविल इक्विटी फण्डले पनि ६ प्रतिशत नगद लाभांश दिने भएको छ।
नविल इन्भेष्टमेन्ट बैंकिङले सञ्चालन गरेका दुवै फण्डले लेखापरिक्षण भए लगत्तै लाभांश दिने निर्णय गरेका हुन्। नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको सञ्चालक समितिले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नविल ब्यालेन्स फण्डले नाफाबाट १० करोड रुपैयाँ वितरण गर्नेछ भने नविल इक्विटी फण्डले ७ करोड ५० लाख रुपैयाँ वितरण गर्नेछ। गएको वर्ष दोस्रो बजारमा सुधार हुँदा यस वर्ष म्युचुअल फण्डले लाभांश वितरण गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।