काठमाडौं- सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा ८ सयले बढेर बिहीबारका लागि ९७ हजार ६ सय रूपैयाँ कायम भएको छ।
यो साताको सुरूदेखि नै घटेको सुनको मूल्य बिहीबार भने बढेको हो। मंगलबारका सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँले तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामै ३५ रूपैयसँ बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।