काठमाडौं-चेल्सी क्लबले लेस्टर सिटीका डिफेन्डर बेन चिलवेललाई अनुबन्धन गरेको छ। चेल्सीले बेनलाई ५ वर्षका लागि आफ्नो क्लबमा भित्र्याएको हो।
बुधबार भएको सम्झौता अनुसार चेल्सीले लेफ्ट ब्याक बेनलाई ४५ मिलियन पाउण्डमा आफ्नो क्लबमा अनुबन्धित गरेको हो। २३ वर्षीय बेन लेस्टर एकेडेमीका उत्पादक खेलाडी हुन्।
२०१५ मा सिनियर टिममा डेब्यु गरेका उनले लोनमा हन्डर्सफिल्ड टाउनबाट २०१५-०१६ को सिजन खेलेका थिए। त्यसपछि पुनः लेस्टरमै फर्किएका उनले प्रिमियर लिगको गएको सिजन भने पुरै खेल्न पाएनन्। प्रिमियर लिगको अन्तिमका ५ खेल भने खुट्टामा लागेको चोटको कारण गुमाएका थिए।
बेनले लेस्टरबाट कूल १२३ खेल खेलेका छन्। जसमा ४ गोल गर्न सफल भएका छन्। बेन चिलवेलले आफू चिल्सीसँग जोडिन पाउँदा खुसी रहेको र आगामी दिनमा झनै चुनौती थपिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।