काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टायता थप ११ जना कोरोना संक्रमितको मृत्यु, १७५ पुगे मृतक, काठमाडौं उपत्यकामा ३०१ सहित थप ८८५ जनामा कोरोना संक्रमण, ३४ हजार ४१८ पुगे संक्रमित ।
२) विदेशी वायुसेवाको बदमासी, एयर अरेबियाले पिसिआर परीक्षण नगरेका १९ जना नेपालीलाई नेपाल ल्यायो, एयर अरेबियाकै खर्चमा होटल क्वारेन्टाइनमा राखियो ।
३) शेयर लगानीकर्ताको व्यक्तिगत विवरण व्यापारिक कम्पनीलाई दिने गरी कानुन बनाइँदै, ग्राहक पहिचानको जिम्मेवारी निजी कम्पनीलाई दिने गरी साझेदार भित्र्याउन सक्ने व्यवस्था ।
४) हङ्कङका प्रजातन्त्र पक्षधर दुई सांसदसहित १६ जना पक्राउ, राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत चीनको विरोध गरेको र विदेशीसँग साँठगाँठ गरेको आरोप ।
५) र, स्पेनिस क्लब बार्सिलोना छाड्दै कप्तान लियोनल मेस्सी, बुरोफ्याक्स मार्फत त्यसका लागि वातावरण बनाउन बार्सिलोना ब्यवस्थापनलाई आग्रह, मेस्सीको आग्रहपछि बार्सिलोना ब्यबस्थापनको आकस्मिक बैठक ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।