• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यमा ‘ब्रेक’

64x64
नेपाल लाइभ बुधबार, भदौ १०, २०७७  १०:१५
1140x725

काठमाडौं-पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकाे काम सरकारले तोकिएको समयभन्दा पहिलै नै सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर कोरोनाका कारण ताेकिएकाे समयमा पनि सम्पन्न हुन नसक्ने अवस्थामा पुगेकाे छ।

विमानस्थल निर्माण सम्पन्न गरिसक्ने समय सन् २०२१ को जुलाईसम्म भए पनि सरकारले  सन् २०२१ को जनवरीसम्ममा निर्माण सम्पन्न हुने बताउँदै आएको थियो। 

‘कोरोनाका कारण विमानस्थल निर्माणका बाँकी काम गर्न ढिलासुस्ती भएको छ,’ आयोजना प्रमुख विनेश मुनाकर्मी भने, ‘अब सरकारले पनि सन् २०२१ को जुलाईसम्ममा निर्माण सम्पन्न गरी सञ्चालनको तयारी लक्ष्य लिएको छ। यसअघि निर्माण कम्पनीले  ६ महिनाअघि नै सक्ने गरी काम गरिरहेको थियो। तर कोरोनाका कारण अब ६ महिनाअगडि नै काम सक्ने सम्भावना अन्त्य भएको छ।’

विमानस्थल निर्माणमा अहिले भौतिकतर्फ ६२ प्रतिशत र आर्थिकतर्फ झन्डै ४८ प्रतिशत काम भइरहेको उनले जानकारी दिए। अहिलेसम्म ११ अर्ब ७० करोड रुपैयाँ चिनियाँ निर्माण कम्पनीलाई भुक्तानी भइसकेकाे छ।

‘लकडाउन अगाडिसम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत थियो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भने, ‘अहिले बढेर ६१ देखि ६२ प्रतिशत पुगेको छ। पुरै सन्तुष्ट हुने अवस्था नभए पनि कामको प्रगति सन्तोषजनक नै छ।’

आयोजना प्रमुख मुनाकर्मीका अनुसार विमानस्थलको रन-वे निर्माणलगायत १४ वटा भवन निर्माणको काम सकिएको छ। भवनमा फिनिसिङ तथा उपकरण जडान र डेकोेरेशनको काम सुरु भएको छ। निर्माण कम्पनीले विमानस्थलको पहुँच मार्ग, कार पार्किङ, टर्मिनल भवन आसपासको सडक निर्माणको काम पनि अन्तिम चरणमा पुर्‍याएको छ। अहिले विमानस्थलमा २ सय ४४ चिनियाँ नागरिक र ९० नेपालीले काम गरिरहेको मन्त्रालयले जनाएको छ। विमानस्थल निर्माणमा १ सय १० वटा हेभी उपकरण प्रयोग भइरहेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

तर, विमानस्थल निर्माणमा अहिले दक्ष कामदार अभाव भएको उनको भनाइ छ। ‘कोरोनाका कारण चीनबाट आउनु पर्ने २ सय जना दक्ष कामदार रोकिएका छन,’ उनले भने, ‘अहिले कूटनीतिक पहलबाट कामदार ल्याउन प्रक्रिया अगाडि बढाएको छौं।’

कोरोनाकै कारण ल्यान्ड साइडतर्फको काममा निर्माण कम्पनीले नेपाली सिमेन्ट प्रयोग गरे पनि एयर साइडतर्फको काम भने भारतीय सिमेन्ट ल्याउन नसक्दा रोकिएको उनको भनाइ छ। आयोजना प्रमुख मुनाकर्मीका अनुसार  लकडाउनका कारण भारतीय सिमेन्ट आउन नसकेपछि विमानस्थलको निर्माण कार्यमा केही दिनदेखि नेपाली सिमेन्ट सिमेन्ट प्रयोग भइरहेको छ। तर, विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनीले रन-वे, पार्किङ-वे तथा भवनको मुख्य संरचनामा भने भारतीय ५३ ग्रेडको सिमेन्ट नै प्रयोग गरेको थियो।

पोखरामा लकडाउन सुरु भएसँगै नेपाली सिमेन्ट पनि आउन नपाएको उनको भनाइ छ। भारतीय सिमेन्ट ल्याउन सहज गर्ने गरी काम अगाडि बढेको र फाइल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेको छ। निर्माण कम्पनीले भारतीय सिमेन्ट सस्तो भएका कारण त्यही ल्याउन खोजे पनि अहिले नेपाली सिमेन्टबाट काम भइरहेको छ। 

’पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे ढलान गर्ने काम अन्तिम चरणका पुगेको छ,’ मुनाकर्मीले भने, 'कुनै आपतकालीन समस्या तथा अवरोध नभए विमानस्थल निर्माणको काम तोकिएको समयअगावै सम्पन्न हुने छ। तर, ६ महिना अगाडि नै निर्माण गर्ने लक्ष्य भने पुरा अब हुँदैन।’ अझै पनि केही सामान विदेशमा रहेकाे जनाइएकाे छ।

विमानस्थल निर्माणमा नदीजन्य सामग्रीमा पनि समस्या नभएको मुनाकर्मीको भनाइ छ। विमानस्थलमा अहिले दक्ष कामदार भने अभाव भएको छ। 

यसैगरी अहिले विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण पनि भइरहेकाे उनले बताए। चैत १० गते जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएको थियो। तर,लकडाउनका कारण केही ढिला भएको मुनाकर्मी बताउँछन्।

अहिले ८०  भन्दा बढी व्यक्तिको जगा अधिग्रहणका लागि निवेदन आइसकेकाे र ८० वटा जति आउन बाँकी  रहेको उनले बताए। सरकारले चालू आर्थिक वर्षमा जग्गाको मुआब्जा वितरणका लागि ७८ कराेड रुपैयाँसमेत छुट्याएको छ। अहिले ९० रोपनी जग्गा मुआब्जाका लागि प्रक्रिया सुरु भएको छ। यसलाई फास्ट ट्रयाकबाट अगाडि बढाउने उनको भनाइ छ। विमानस्थल निर्माणमा ५ अर्ब रकम मुआब्जामा नै जाने छ।

सरकारले पनि आर्थिक वर्ष  २०७७/०७८ को बजेटमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्ने भन्दै १० अर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरेकाे छ। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रवर्द्धन गर्ने सरकारी लक्ष्य छ। सन् २०११ मा आयोजना सुरु भए पनि नेपाल र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भई सन् २०२१ सम्म सम्पन्न गर्ने लक्ष्यसहित काम थालनी भएको थियो।

यो आयोजनाको कुल अनुमानित लागत साढे २३ अर्बभन्दा बढी छ। विमानस्थल निर्माण भने चिनियाँ ठेकेदार कम्पनी सीएमसीईले गर्दै आएको छ। अन्तर्रा्ष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यdस्तरका जहाजबाट उडान तथा अवतरण गर्न सकिने छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’
भारत-नेपाल सहयोग: सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता
पश्चिम एसियामा रहेका नेपालीको उद्धारमा लागि आजदेखि विशेष उडान
सम्बन्धित सामग्री
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । आइतबार, फागुन १०, २०८२
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
भारत-नेपाल सहयोग: सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता शुक्रबार, चैत २०, २०८२
पश्चिम एसियामा रहेका नेपालीको उद्धारमा लागि आजदेखि विशेष उडान शुक्रबार, चैत २०, २०८२
नेपाल प्रहरीमा असईदेखि डिएसपीसम्मको भर्ना खुल्यो(सूचीसहित) शुक्रबार, चैत २०, २०८२
सभामुखका लागि उम्मेदवारी दर्ता आज शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला बिहीबार, चैत १९, २०८२
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा बिहीबार, चैत १९, २०८२
गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्