• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यमा ‘ब्रेक’

64x64
नेपाल लाइभ बुधबार, भदौ १०, २०७७  १०:१५
1140x725

काठमाडौं-पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकाे काम सरकारले तोकिएको समयभन्दा पहिलै नै सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर कोरोनाका कारण ताेकिएकाे समयमा पनि सम्पन्न हुन नसक्ने अवस्थामा पुगेकाे छ।

विमानस्थल निर्माण सम्पन्न गरिसक्ने समय सन् २०२१ को जुलाईसम्म भए पनि सरकारले  सन् २०२१ को जनवरीसम्ममा निर्माण सम्पन्न हुने बताउँदै आएको थियो। 

‘कोरोनाका कारण विमानस्थल निर्माणका बाँकी काम गर्न ढिलासुस्ती भएको छ,’ आयोजना प्रमुख विनेश मुनाकर्मी भने, ‘अब सरकारले पनि सन् २०२१ को जुलाईसम्ममा निर्माण सम्पन्न गरी सञ्चालनको तयारी लक्ष्य लिएको छ। यसअघि निर्माण कम्पनीले  ६ महिनाअघि नै सक्ने गरी काम गरिरहेको थियो। तर कोरोनाका कारण अब ६ महिनाअगडि नै काम सक्ने सम्भावना अन्त्य भएको छ।’

विमानस्थल निर्माणमा अहिले भौतिकतर्फ ६२ प्रतिशत र आर्थिकतर्फ झन्डै ४८ प्रतिशत काम भइरहेको उनले जानकारी दिए। अहिलेसम्म ११ अर्ब ७० करोड रुपैयाँ चिनियाँ निर्माण कम्पनीलाई भुक्तानी भइसकेकाे छ।

‘लकडाउन अगाडिसम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत थियो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भने, ‘अहिले बढेर ६१ देखि ६२ प्रतिशत पुगेको छ। पुरै सन्तुष्ट हुने अवस्था नभए पनि कामको प्रगति सन्तोषजनक नै छ।’

आयोजना प्रमुख मुनाकर्मीका अनुसार विमानस्थलको रन-वे निर्माणलगायत १४ वटा भवन निर्माणको काम सकिएको छ। भवनमा फिनिसिङ तथा उपकरण जडान र डेकोेरेशनको काम सुरु भएको छ। निर्माण कम्पनीले विमानस्थलको पहुँच मार्ग, कार पार्किङ, टर्मिनल भवन आसपासको सडक निर्माणको काम पनि अन्तिम चरणमा पुर्‍याएको छ। अहिले विमानस्थलमा २ सय ४४ चिनियाँ नागरिक र ९० नेपालीले काम गरिरहेको मन्त्रालयले जनाएको छ। विमानस्थल निर्माणमा १ सय १० वटा हेभी उपकरण प्रयोग भइरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर, विमानस्थल निर्माणमा अहिले दक्ष कामदार अभाव भएको उनको भनाइ छ। ‘कोरोनाका कारण चीनबाट आउनु पर्ने २ सय जना दक्ष कामदार रोकिएका छन,’ उनले भने, ‘अहिले कूटनीतिक पहलबाट कामदार ल्याउन प्रक्रिया अगाडि बढाएको छौं।’

कोरोनाकै कारण ल्यान्ड साइडतर्फको काममा निर्माण कम्पनीले नेपाली सिमेन्ट प्रयोग गरे पनि एयर साइडतर्फको काम भने भारतीय सिमेन्ट ल्याउन नसक्दा रोकिएको उनको भनाइ छ। आयोजना प्रमुख मुनाकर्मीका अनुसार  लकडाउनका कारण भारतीय सिमेन्ट आउन नसकेपछि विमानस्थलको निर्माण कार्यमा केही दिनदेखि नेपाली सिमेन्ट सिमेन्ट प्रयोग भइरहेको छ। तर, विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनीले रन-वे, पार्किङ-वे तथा भवनको मुख्य संरचनामा भने भारतीय ५३ ग्रेडको सिमेन्ट नै प्रयोग गरेको थियो।

पोखरामा लकडाउन सुरु भएसँगै नेपाली सिमेन्ट पनि आउन नपाएको उनको भनाइ छ। भारतीय सिमेन्ट ल्याउन सहज गर्ने गरी काम अगाडि बढेको र फाइल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेको छ। निर्माण कम्पनीले भारतीय सिमेन्ट सस्तो भएका कारण त्यही ल्याउन खोजे पनि अहिले नेपाली सिमेन्टबाट काम भइरहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

’पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे ढलान गर्ने काम अन्तिम चरणका पुगेको छ,’ मुनाकर्मीले भने, 'कुनै आपतकालीन समस्या तथा अवरोध नभए विमानस्थल निर्माणको काम तोकिएको समयअगावै सम्पन्न हुने छ। तर, ६ महिना अगाडि नै निर्माण गर्ने लक्ष्य भने पुरा अब हुँदैन।’ अझै पनि केही सामान विदेशमा रहेकाे जनाइएकाे छ।

विमानस्थल निर्माणमा नदीजन्य सामग्रीमा पनि समस्या नभएको मुनाकर्मीको भनाइ छ। विमानस्थलमा अहिले दक्ष कामदार भने अभाव भएको छ। 

यसैगरी अहिले विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण पनि भइरहेकाे उनले बताए। चैत १० गते जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएको थियो। तर,लकडाउनका कारण केही ढिला भएको मुनाकर्मी बताउँछन्।

अहिले ८०  भन्दा बढी व्यक्तिको जगा अधिग्रहणका लागि निवेदन आइसकेकाे र ८० वटा जति आउन बाँकी  रहेको उनले बताए। सरकारले चालू आर्थिक वर्षमा जग्गाको मुआब्जा वितरणका लागि ७८ कराेड रुपैयाँसमेत छुट्याएको छ। अहिले ९० रोपनी जग्गा मुआब्जाका लागि प्रक्रिया सुरु भएको छ। यसलाई फास्ट ट्रयाकबाट अगाडि बढाउने उनको भनाइ छ। विमानस्थल निर्माणमा ५ अर्ब रकम मुआब्जामा नै जाने छ।

सरकारले पनि आर्थिक वर्ष  २०७७/०७८ को बजेटमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्ने भन्दै १० अर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरेकाे छ। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रवर्द्धन गर्ने सरकारी लक्ष्य छ। सन् २०११ मा आयोजना सुरु भए पनि नेपाल र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भई सन् २०२१ सम्म सम्पन्न गर्ने लक्ष्यसहित काम थालनी भएको थियो।

यो आयोजनाको कुल अनुमानित लागत साढे २३ अर्बभन्दा बढी छ। विमानस्थल निर्माण भने चिनियाँ ठेकेदार कम्पनी सीएमसीईले गर्दै आएको छ। अन्तर्रा्ष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यdस्तरका जहाजबाट उडान तथा अवतरण गर्न सकिने छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्