• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २८, २०८३ Sun, Jul 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

बार्सिलोना छाड्दै मेस्सी

64x64
नेपाल लाइभ बुधबार, भदौ १०, २०७७  ०७:५८
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाड्न चाहेका छन्। मेस्सीले बुरोफ्याक्स मार्फत आफूले क्लब छाड्न चाहेको र त्यसका लागि वातावरण बनाउन बार्सिलोना ब्यवस्थापनलाई आग्रह गरेका हुन्। 

स्पेनमा व्यापारिक सरसल्लाहका लागि बुरोफ्याक्स विशेष प्रचलनमा छ, जसको मान्यता अदालतमा समेत प्रमाणका रुपमा स्थापित हुन सक्छ। मेस्सीको आग्रहपछि बार्सिलोना ब्यबस्थापनको आकस्मिक बैठक बसेको थियो। जसमा केही पदाधिकारीले अध्यक्ष जोसेप मारिया बर्टामेउले राजीनामा दिनुपर्ने तर्क अघि सारेका थिए। 

तर बर्टामेउको राजीनामा विषयमा कुनै निर्णय भएको छैन। जसका कारण मेस्सीलाई बार्सिलोनामा राख्न सकिने भनिएको अन्तिम आश क्लबसँग देखिँदैन। बार्सिलोना ब्यवस्थापनको बैठकपछि बुरोफ्याक्स मार्फत नै मेस्सीलाई क्लब नछाड्न आग्रह गरिएको थियो। 

बार्सिलोना ब्यवस्थापनसँगको अविश्वास, बार्साको कमजोर अवस्थामा सुधार भएर पहिलेको जस्तै युरोपको अब्बल टिम बनाउन सक्नेमा दुविधा, खेलाडी किनबेचमा राम्रो काम गरेर प्रतिस्पर्धात्मक टिम नबनाउने कारण र टिमकै साथीहरुमाथि भइरहेको अपमानजनक व्यवहार जस्ता कारण मेस्सीले क्लब छाड्न चाहेको बताइएको छ। 

मेस्सीले क्लब छाड्न चाहेका विषय यसअघि पनि विभिन्न समय चर्चामा रहने गरेको भए पनि यसपटक विषय गम्भीर देखिन्छ। नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानसँगको भेटमा उनले आफूले बार्सिलोनामा भविष्य नदेखेको बताएका थिए। कोम्यानसँग गरिएको गोप्य वार्ताका विषयसमेत बाहिरिएपछि उनी थप चिढिएका थिए। 

यो सिजन उपाधिविहीन रहेको बार्सिलोना च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकसँग ८–२ ले हारेपछि मेस्सीले क्लब छाड्ने हल्लाहरु बढिरहेका थिए। अहिले नयाँ प्रशिक्षकसँगको भेटमा पनि मेस्सी विश्वस्त हुन सकेनन् र बार्सिलोना ब्यवस्थापनसँग चिसिएको उनको सम्बन्ध थप बिग्रिएको छ। 

च्याम्पियन्स लिगको हारपछि बिदामा रहेका मेस्सी बिदा छोट्याएर गएको हप्ता प्रशिक्षकसँग भेट्न गएका थिए। क्लबमा अझै एक वर्षको सम्झौता बाँकी रहेका मेस्सीलाई सहज रुपमा बाहिरिने अवसर नदिन प्रयास गरिरहेको छ। उनको ७०० मिलियन पाउण्डको महँगो रिलिज क्लज देखाएर ब्यवस्थापनले तर्साइरहेको छ भने मेस्सीले आफ्नो सम्झौतामा उल्लेख भएको– ‘हरेक सिजनको अन्त्यमा आफूले चाहेमा क्लब छाड्न सक्ने’ भन्ने बुँदालाई अघि सारिरहेका छन्। 

क्लबले मेस्सीले त्यसरी सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने बुँदा जुनको मध्यदेखि अन्त्य भइसकेको बताइरहेको छ। तर कोरोना माहामारीका कारण रोकिएर ढिलो सकिएको लिग सिजनका कारण त्यो समय अझ रहेको मेस्सीको तर्क छ। जसले यदि मेस्सीले क्लब छाडेर गएमा ब्यवस्थापन अदालती प्रक्रियामा जाने देखिन्छ। जहाँ विश्व फुटबलको सबैभन्दा ठूलो ट्रान्सफर विवाद अझ लम्बिने छ। 

nimb
nimb
Ncell 2
Ncell 2

मेस्सीले सित्तैमा छाडेर जाँदा लाग्न सक्ने घाँटालाई मध्यनजर गर्दै उनको बिक्रीमा नै लाग्न पनि बार्सिलोना ब्यवस्थापनमा छलफल भएको छ। अहिले युरोप ठूला भनिएका विभिन्न क्लब मेस्सी किन्ने होडमा लागिरहेका छन्। जसमा प्रमुख रुपमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, पिएसजी, युभेन्टस, इन्टर मिलान जस्ता क्लबको नाम आइरहेको छ। 

मेस्सीले आफूले क्लब छाड्न चाहेको विषय पटक पटक अध्यक्ष बर्टामेउलाई जानकारी गराउँदै आइरहेका थिए। जसमा खराब सिजनपछि प्रशिक्षक क्विके सेटियन र टेक्निकल सेक्रेटरी इरिक अबिडाललाई बर्खास्त गरेको बार्सिलोनाले दुई दिन पछि नयाँ प्रशिक्षक नियुक्त गरेको थियो। नयाँ प्रशिक्षक नियुक्तिसँगै मेस्सीको बार्सिलोना बसाइ लम्ब्याउने सोचमा रहेको ब्यवस्थापनले त्यस्तो हुन नसक्ने बुझिरहेको छ। 

मेस्सीले क्लब छाड्न चाहेको विषयमा बार्सिलोना ब्यवस्थापनको बैठक बसिरहँदा बार्सिलोनाको कार्यालयबाहिर सयौँ समर्थक भेला भएर अध्यक्ष बर्टामेउका विरुद्ध नाराबाजी गरेका थिए। केहीबेरमा नै प्रहरी परिचालन गरेर अवस्था सामान्य पारिएको थियो। 

क्याटालोनिया राज्यका प्रमुखदेखि केही प्रतिष्ठित व्यक्तिले समेत मेस्सीको बार्सिलोनामा रहँदाको समयलाई धन्यबाद दिँदै सामाजिक सञ्जालमा बिदाइको सन्देश बुझिने पोस्टहरु गरिरहेका छन्। जसका कारण पनि मेस्सीले क्लब छाड्ने विषयलाई थप आधिकारिकता दिएको छ। 

अबको समय ब्यवस्थापन र मेस्सीबीच क्लब छाड्ने र क्लबमै राखिरहने विषयमा थप विवाद बढ्ने देखिन्छ। बार्सिलोनाका केही पूर्वखेलाडीले पनि मेस्सीले छाड्न चाहेको विषय अन्तिम निर्णय भएको र त्यसलाई फर्काउन मिल्ने ठाउँ नहरेको बारेमा बताएको स्पेनिस सञ्चार माध्यममा खबर बनिरहेका छन्। केहीले भने अध्यक्ष बर्टामेउको राजीनामाले मेस्सीको बर्हिगमन रोक्न सक्ने बताइरहेका छन्। 

१३ वर्षको उमेरमा अर्जेन्टिनाबाट स्पेन गएका मेस्सी आजको समयमा पुग्न मेहनत सानो छैन। बाल्यकाल कठीन रहेका मेस्सीले स्पेनिस टिम बार्सिलोनामा स्थान बनाएपछि उनको फुटबल यात्राले उचाइ लिँदै गयो। बार्सिलोनाबाट ७३१ खेल खेलेका मेस्सीले ६३४ गोलका साथै २८५ असिस्ट गरेका छन्। 

बार्सिलोनामा रहँदा नै व्यक्तिगत रुपमा सबैभन्दा ठूलो मानिने बालोन डि’ओर अवार्ड कीर्तिमानी ६ पटक जितेका मेस्सीले १० ला लिगा, ६ कोपा डेल रे, ४ च्याम्पियन्स लिग, ३ क्लब विश्वकप, ३ युइएफए सुपर कप, ८ स्पेनिस सुपर कपलगायतका उपाधि जितेका छन्।
 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  ०७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन
सम्बन्धित सामग्री
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा क्वाटरफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा नर्वेलाई २–१ गोलले हराउँदै इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो। इङ्ल्यान्डको जितमा बे... आइतबार, असार २८, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन क्वाटरफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै २०१० को च्याम्पियन स्पेनले सेमिफायनलमा स्थान बनाएको हो। शनिबार, असार २७, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन मा प्रकाशित रिपोर्ट अनुसार एफबीआईले एएफएको अमेरिकाभित्र सञ्चालन भएका व्यावसायिक कारोबार र आर्थिक... बुधबार, असार २४, २०८३
ताजा समाचारसबै
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा आइतबार, असार २८, २०८३
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
कर्णालीमा बेपत्ता भएको गाडीका चालक ९ दिनपछि मृत भेटिए शनिबार, असार २७, २०८३
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्