काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु, १६४ पुगे मृतक, काठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना संक्रमण, ३३ हजार ५३३ पुगे संक्रमित ।
२) स्वास्थ्य मन्त्रालयले जुन १५ मा सेटिङमा खरिद भएको भिटिएम किट गुणस्तरहीन, कीर्तिपुरमा स्वाब संकलन गर्ने क्रममा भिटिएममा लेदो भेटियो ।
३) चार दिनदेखि शेयर बजारमा लगातार सुधार, ७.१० अंकले बढ्यो, जम्मा १८९ वटा कम्पनीको खरिद बिक्री हुँदा एक अर्ब ८५ करोड रुपैयाँको कारोबार ।
४) रुसी राष्ट्रपति पुटिनका आलोचक अलेक्सी नभाल्नीलाई विष खुवाएको अस्पतालको पुष्टि, बेहोस अवस्थामा रहेका नभाल्नीको जीवन खतरामुक्त रहेको पनि अस्पतालद्वारा जानकारी ।
५) र, दोस्रो चरणमा राष्ट्रिय क्रिकेट टिमका १८ महिला खेलाडीको कोरोना बिमा, सरकारको निर्देशन पालना गर्दै कोरोना भाइरसबाट बच्न क्यान साधारणसभा स्थगित ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।