फाइल तस्बिर
काठमाडौं- सरकारले भदौ १७ बाट दैनिक दुई उडान गर्ने गरी अन्तर्राष्ट्रिय हवाइ सेवा सुरु गर्ने तयारी गरेको छ।
गत चैत ११ मा लकडाउन सुरु हुनभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसासिक हवाइ उडान भदौ १७ बाट सुरु गर्ने गरी नागरिक उड्डयन मन्त्रालयले प्रस्तावित तालिकासमेत सार्वजनिक गरेको छ।
तर यसरी यात्रुलाई नेपाल ल्याउँदा भने सरकारले तोकेका सबै मापदण्ड पूरा गर्नुपर्ने सर्त राखिएको छ।
सुरुवाती चरणमा नेपालीहरूका लागि मात्र उपलब्ध हुने हवाई सेवाबाट नेपाल आउनेले पिसिआर नेगेटिभ प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
एकै उडानमा पिसिआर टेस्ट गरेका र नगरेका यात्रु ल्याउन नपाउने समेत सर्त छ। यस्तै

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।