काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को निर्णयका कारण २३ अगस्टमा कुवेतबाट नेपाल आउन नपाएका नेपालीहरु २८ अगस्टमा काठमाडौं आउने भएका छन्।
नेपाल वायुसेवा निगमको २३ अगस्टको कुवेत–काठमाडौं उडान सिसिएमसीको निर्णयका कारण रद्द भएकाले सो उडानमा नेपाल आउन लागेका नेपालीहरू २८ मा नेपाल ल्याइने जानकारी निगमले जानकारी गराएको हो।
नेपाल सरकारद्वारा निर्धारित नियम बमोजिम तोकिएको होटल बुकिङ तथा आफूसँग भएको टिकट भ्यालिड गर्न निगमको केन्द्रीय कार्यालयमार्फत् सम्पर्क राख्नसमेत निगमले सूचित गरेको छ।
सम्पर्कमा आएका यात्रुहरुलाई कुवेत–काठमाडौंको २८ अगस्टमा हुने उडानमा समावेश गरिने र सम्पर्कमा नआएका यात्रुको टिकटबापतको रकम पूरै फिर्ता पाउने व्यहोरा समेत निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।