• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन १३, २०८२ Wed, Feb 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पहाडी र हिमाली जिल्लामा आन्तरिक उडानको तयारी भइरहेको छ : पर्यटनमन्त्री भट्टराई

64x64
नेपाल लाइभ मंगलबार, भदौ ९, २०७७  १८:१९
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको बताएका छन्। देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्ण रुपमा उडान सुचारु गर्ने अवस्था नभएपनि केही हिमाली र पहाडी जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको बताएका हुन्।

मन्त्रालयको गत आर्थिक वर्षको वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा मन्त्री भट्टराईले वायु सेवा सञ्चालकहरुसँग केही हिमाली र पहाडी जिल्लाहरुबाट आन्तरिक उडान सुचारु गर्ने विषयमा कुरा भइरहेको बताए।

‘देशका विभिन्न ठाउँहरुमा निषेधाज्ञाको अवस्था भएकाले तत्काल चल्ने अवस्था छैन। तर मन्त्रालयले केही हिमाली र पहाडी जिल्लाबाट सञ्चालन गर्न सकिन्छ भनेर कुरा गरिरहेको छ। वायुसेवा सञ्चालकहरुसँग कुरा गरेर निष्कर्षमा पुग्छौँ। मन्त्रिपरिषदमा प्रस्ताव लगेर छिट्टै उडान सुरु गर्ने तिर जान्छौँ,’ उनले भने।

दशै तिहारलाई मध्यनजर गर्दै आन्तरिक उडान सुरु हुने उनको संकेत थियो। चाडबाडको बेला नागरिकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज हुने कुरामा सरकारले सकारात्मक भएर सोच्ने उनले बताए। ‘दशैंतिहार लगायतका चाडबाडलाई मध्यनजर गर्दै उडान सुरु हुने अपेक्षा गरेका छौँ। एक ठडाउँबाट अर्को ठाउँमा सहज ढंगले जानुपर्छ भन्ने कुरामा सरकारले सोच्नेछ,’ मन्त्री भट्टराईले भने। 

आन्तरिक उडानमा स्वदेशी र विदेशी नागरिकलाई भाडादरमा समानता गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक रहेको उनले उल्लेख गरे। भाडादरका विषयमा अध्ययन गर्न कार्यदल नै गठन भएको उल्लेख गर्दै उनले कार्यदलको सुझाव अनुसार वायु सेवा कम्पनीहरुसँग सहमति गरेर एकरुपता ल्याउने प्रयास गरिने बताए। 

Ncell 2
Ncell 2

नियमित उडानमार्फत विदेशमा अलपत्र नागरिकहरुलई भदौ १६ गतेबाट नियमित उडान मार्फत ल्याइने उनको भनाइ छ। तत्काल दैनिक ५ सयभन्दा नबढ्ने गरी अलपत्र नागरिकलाई स्वदेश ल्याउने उल्लेख गर्दै उनले यात्रुमा संक्रमणको अवस्था न्यून देखिए र सरकारले बनाएको मापदण्ड पालना भए संख्या बढाइने जानकारी दिए। 

कोरोना महामारी सुरु भएपछि ५२ हजार नागरिकलाई विभिन्न देशबाट नेपाल ल्याइएको उनले बताए। करिब २० हजार नागरिक नेपाल बाहिर गएका छन्। चार्टर्ड उडानहरु व्यवस्थित हुन नसकेको स्वीकार गर्दै मन्त्री भट्टराईले बाध्यतामा हुने उडानले गर्दा केही समस्या देखिएको बताए। चार्टर्ड उडाहरुको संख्या घटाउँदै भदौ १६ गतेबाट नियमित उडानको अभ्यास सुरु गर्न कार्यतालिका सार्वजनिक भएको उनले बताए। त्यसपछि परिस्थिति हेरेर नियमित उडानको तयारी थालिने छ।

नेपाल वायुसेवा निगमको कुल सम्पत्ति ५४ अर्ब १७ करोड रहेको बताउँदै उनले ४५ अर्ब ९४ करोड ऋण रहेको उल्लेख गरे। चिनियाँ जहाजहरु नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएकाले ग्राउण्डेड गर्नुपरेको उनको भनाइ थियो।

अनुदानमा प्राप्त भएका र निगमले खरिद गरेका जहाजहरुको सम्पूर्ण पक्ष विश्लेषण गर्दा जहाजहरु नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएको उनले बताए।

राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि अहिलेसम्म ६० हजार रुखको गणना भइसकेको उनले बताए। वन मन्त्रालयलगायतका निकायहरुसँग समन्वय अभावले काम प्रभावित भएको उनले उल्लेख गरे। पोखरा विमानस्थल आगामी जुनसम्ममा सम्पन्न गर्ने मन्त्रालयको योजना छ। भैरहवा विमानस्थलमा कोरोनाका कारण कामदार आउन नसक्दा समस्या भएको उनले उल्लेख गरे। 

यस्तो छ मन्त्रालयको प्रगति विवरण

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
झुलाघाट नाका तीन दिन बन्द हुने
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा
सम्बन्धित सामग्री
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । आइतबार, फागुन १०, २०८२
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना बुधबार, फागुन १३, २०८२
झुलाघाट नाका तीन दिन बन्द हुने बुधबार, फागुन १३, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना बुधबार, फागुन १३, २०८२
काँग्रेसप्रति सकारात्मक माहोल बनिरहेको छ: महामन्त्री पौडेल मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश मंगलबार, फागुन १२, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभा मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्