काठमाडौं- एनआरएन इन्फ्रस्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर कारोबार बुधबारदेखि हुने भएको छ। नेपाल स्टक एक्सचेन्जमा कम्पनीको पहिलो कारोबार १०२ रुपैयाँदेखि ३०६ रुपैयाँ तोकिएको छ।
नेपाल स्टक एक्सचेन्जले आइतबार कम्पनीको सेयर कारोबारका लागि सूचिकृत गरेको छ। कम्पनीको एक करोड १३ लाख २६ हजार ८२१ कित्ता सेयर सूचिकृत भएको छ।
कम्पनीले सर्वसाधारणका लागि साउन १६ गतेदेखि २१ गतेसम्म प्राथमिक सेयर निष्काशन गरेको थियो। कम्पनीले ३३ लाख ९८ हजार ४६ कित्ता सर्वसाधारण सेयर जारी गरेको थियो। प्राथमिक सेयर मार्फत कम्पनीमा तीन लाख २० हजार ६१४ जना लगानीकर्ता थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।