काठमाडौं- नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा यमलाल भुषाललाई अर्को व्यवस्था नभएसम्मको लागि नियुक्त गरेको छ। मन्त्रिपरिषद्ले भदौ ३ गते भुषाललाई अर्को व्यवस्था नभएसम्मको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।
यसअघि बोर्ड अध्यक्षमा महेश गुरागाईं थिए। उनको कार्यकाल सकिएसँगै केही समयका लागि भुषाललाई जिम्मेवारी दिइएको हो। त्यस्तै सदस्य पदका लागि रमेश लम्साललाई नियुक्त गरेको छ।
नेपाल पुनर्बीमामा नेपाल सरकारको ४४ प्रतिशत शेयर रहेको छ। यसले गर्दा अध्यक्षसहित तीन जना सञ्चालक नेपाल सरकारले नियुक्त गर्नसक्ने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।