काठमाडौं-कोराना महामारी विश्वभर नै फैलिएसँगै नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा अहिले शून्य छ। सरकारले पनि अहिले काेरोना रोकथाममा लागि भन्दै पर्यटक भिसा बन्द गरेको छ। जसका कारण ११ मा लकडाउन सुरुगरेयता पर्यटक नेपाल आएका छैनन्। यहीकारण नेपालले पर्यटकबाट लिने आम्दानी पनि घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा आर्थिक वर्ष २०७६/०७७ मा नेपालमा पर्यटकले गर्ने खर्च १५ अर्ब रुपैयाँले कमी आएको उल्लेख छ। आर्थिक वर्ष २०७६/७७ मा सेवा खाताअन्तर्गत भ्रमण आय १९.२ प्रतिशतले कमी आई ६० अर्ब ८९ करोड कायम भएको छ। अघिल्लो आव २०७५/०७६ मा यस्तो आय ७५ अर्ब ३७ करोड थियो।
यसैगरी, आव २०७६/७७ मा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४०.९ प्रतिशतले घटेर ५३ अर्ब १४ करोड कायम भएको छ। यसमध्ये शिक्षातर्फको व्यय अर्ब ८१ करोड रहेको छ । अघिल्लो आव २०७५/०७६मा भ्रमण व्यय ८९ अर्ब ९१ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.४६ अर्ब ३२ करोड थियो।
साथै राष्ट्र बैंकमा आर्थिक वर्ष २०७६/७७ मा खुद सेवा आय १ अर्ब २२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष खुद सेवा आय १५ अर्ब २३ करोडले घाटामा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।