काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ। मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुन तोलामा ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ७ सय रुपैयाँले घटेको हो।
मंगलबार चाँदीको मूल्य भने स्थिर छ।
सोमबार प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।