काठमाडौं-सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको भवन निर्माण विभाग र र बागमती प्रदेश पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको सिफारिसमा दुई कम्पनीलाई कालो सूचीमा राखिएको हो।
सार्वजनिक निकायबाट ठेक्का पाएर समयमै काम नगर्ने फ्रेन्डस् कन्स्ट्रक्सन प्रालि र सूर्योदय निर्माण तथा हाउजिङ कम्पनीलाई भदौ ७ गतेको कार्यालयको निर्णय अनुसार १ वर्षका लागि कालो सूचीमा राख्ने निर्णय भएको हो। कार्यालयले मंगलबार कालो सूचीमा राख्ने निर्णयको सूचना प्रकाशित गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।