काठमाडौं-जमैकाका पूर्व एथ्लेटिक्स खेलाडी तथा ओलम्पिक स्वर्णधारी उसेन बोल्टलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ।
आफ्नो जन्मदिनको पार्टीपछि कोरोना परीक्षण गर्दा बोल्टलाई कोरोना देखिएको हो।
३४ वर्षीय बोल्टले आफ्नो जन्मदिनको अवसरमा भिआइपी पार्टी गरेका थिए। जहाँ इंग्ल्यान्ड तथा म्यान्चेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङ पनि सामेल थिए। पार्टीपछि कोरोना परीक्षण गरेर बोल्ट सेल्फ आइसोलेसनमा बस्दै आएका थिए।
बोल्टलाई कोरोना पोजेटिभ भएसँगै टिममा रहेका रहिमलाई पनि कोरोना सरेको अनुमान छ। युइएफए नेशन्स लिगअन्तर्गत इंग्ल्यान्डले सेप्टेम्बर ५ तारिखमा आइसल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ। रहिम पनि टिममा छन्।
बोल्टले ट्रयाक एण्ड फिल्डमा ओलम्पिक खेलकुदमा आठ पटक स्वर्ण पदक जितेका छन्। विश्व कीर्तिमानी धावक बोल्टले २०१७ मा लण्डनमा भएको विश्व च्याम्पियनसिपबाट सन्यास लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।