काठमाडौं-सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) काे प्रमुख कार्यकारी अधिकृतमा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन्। सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो। आचार्य कृषि विकास बैंकका पूर्वउपमहाप्रबन्धक हुन्। आचार्यको स्थायी घर इलाम हो। उनी नेकपा नेता सुवास नेम्वाङनिकट मानिन्छन्।
प्रमुख कार्यकारी पदका लागि सुरुमा ७ जनाको आवेदन परेको थियो। उनीहरुको व्यावसायीक कार्ययोजना हेरेर तीन जनाको नाम सर्टलिष्टमा पारेको थियो। सर्टलिष्टमा पर्नेमा आचार्यसहित कृष्ण गिरि र भीष्म चालिसे थिए।
लामो समयदेखि सिडिएससीको प्रमुख कार्यकारी पद खाली थियो। देवप्रकाश गुप्ताको कार्यकाल सकिएसँगै खाली भएको पदमा आचार्य नियुक्त भएका हुन्। यस अगाडि कामु सिइओमा कञ्चन सापकोटालाई जिम्मेवारी दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।