एजेन्सी–विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८ लाख ११ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेहरुको संख्या ८ लाख ११ हजार २ सय ९८ पुगेको हो।
सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा १ लाख ७७ हजार २ सय १५ जनाको मृत्यु भएको छ। यसमध्ये सबैभन्दा बढी प्रभावित न्युयोर्कमा ३२ हजार ८ सय ८७ र न्युजर्सीमा १५ हजार ९ सय ४६ जनाको मृत्यु भएको छ।
अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या ५७ लाख ३७ हजार ३ सय ९८ छ।
यस्तै, ब्राजिलमा १ लाख १५ हजार ३ सय ९ जनाको मृत्यु भइसकेको छ भने त्यहाँ ३६ लाख २२ हजार ८ सय ६१ जना संक्रमित भएका छन्। भारतमा ३१ लाख ६ हजार ३ सय ४८ संक्रमित र ५७ हजार ५ सय ४२ को मृत्यु, रुसमा ९ लाख ५९ हजार १६ संक्रमित र १६ हजार ४ सय ६ मृत्यु तथा मेक्सिकोमा ५ लाख ६० हजार १ सय ६४ संक्रमित र ६०हजार ४ सय ८० जनाको मृत्यु भएको छ।
विश्वभर संक्रमितको संख्या भने २ करोड ३५ लाख ६१ हजार ४ सय ७८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।