काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार अझै ६ वटा स्थानीय तहमा वाणिज्य बैंकको सेवा पुग्न सकेको छैन।
कुल ७ सय ५३ स्थानीय तहमध्ये २०७७ असारसम्म ७ सय ४७ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ।
२०७६ असारसम्म वाणिज्य बैंकका शाखा विस्तार भएको स्थानीय तहहरुको संख्या ७३५ थियो। राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७६ असार मसान्तमा १ सय ७१ रहेकोमा २०७७ असार मसान्तमा १ सय ५५ कायम भएको छ।
सोही २०७७ असार मसान्तमा २७ वाणिज्य बैंक, २० विकास बैंक, २२ वित्त कम्पनी, ८५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७६ असार मसान्तमा ८ हजार ६ सय ८६ रहेकोमा २०७७ असार मसान्तमा ९ हजार ७ सय ६५ पुगेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।