काठमाडौं- नेपाल राष्ट्र बैंकले २०७७ को असार मसान्तसम्मा पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जामा झन्डै साढे ७ अर्ब लगानी भएको जनाएको छ।
२०७७ असार मसान्तसम्ममा राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जा ७ अर्ब ४९ करोड लगानीमा रहेको छ। यसअन्तर्गत साधारण पुनर्कर्जा ५ अर्ब ८८ करोड र भूकम्प पीडितलाई प्रवाह गरिएको पुनर्कर्जा १ अर्ब ६१ करोड रहेको बैंकले जनाएको छ।
२०७७ असार मसान्तसम्ममा ३२ हजार ४ सय ४८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ५९ अर्ब ५६ करोड कर्जा वक्यौता रहेको बैंकले जनाएको छ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत् २४ हजार ७ सय ६३ ऋणीलाई प्रवाह भएको ५४ अर्ब ११ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत ७ हजार ६ सय ८५ ऋणीको ५ अर्ब ४५ करोड कर्जा वक्यौता रहेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।