काठमाडौं-सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को प्रमुख कार्यकारी पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। पदपूर्ति छनोट समितिले कृष्ण गिरी, भीष्म चालिसे र पूर्णप्रसाद आचार्यको नाम सिफारिस गरेको हो।
सिडिएससीमा साउन ३० र ३१ गते ६ जनाले व्यावसायिक कार्यपत्र प्रस्तुत गरेका थिए। प्रस्तुतिपछि समितिले सोमबार तीन जनाको नाम सिफारिस गरेको हो। गिरी शेयर बजार तथा वस्तु विनियम बजारमा लामो समयदेखि कार्यरत छन्। हाल उनी प्रभु क्यापिटलमा कार्यरत छन्।
त्यस्तै भीष्म चालिसे पुराना मर्चेन्ट बैंकर हुन्। अर्का पूर्णप्रसाद आचार्य कृषि विकास बैंकका पूर्व उपमहाप्रबन्धक हुन्। अब केही दिनमा नै प्रमुख कार्यकारी अधिकृत सिफारिस हुने छन्।
यस अघि सिडिएससीमा देवप्रकाश गुप्ता प्रमुख कार्यकारी अधिकृत थिए। उनको कार्यकाल सकिएपछि लामो समयदेखि सिडिएससी प्रमुखविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।