• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अलग्गै तोक कोभिड अस्पताल

64x64
नेपाल लाइभ सोमबार, भदौ ८, २०७७  १२:४८
1140x725

सुरुवाततिरै कोरोना फैलिएका देशहरुसँग दुई कुराको अभाव भयो। पहिलो, कोरोनाबारे विस्तृत जानकारी। दोस्रो, कोरोनासँग लड्ने विशिष्ट उपाय र अस्त्रको अभाव। त्यसैले इटली, स्पेनजस्ता देशहरुले अनपेक्षित क्षति व्यहोरे। तुलनात्मक रुपमा चुस्त स्वास्थ्य प्रणाली र बलियो आर्थिक अवस्था भएता पनि उल्लेखित कारणले नै उनीहरुले कोरोना भाइरसँग आत्मसमर्पण गर्नुपर्यो।

कतिपय देशमा संक्रमितको संख्या लाखबाट उकालो लाग्दा नेपाल सुरक्षित नै थियो। विदेशबाट फर्किएकाहरुमा फाट्टफुट्ट संक्रमण देखिन थालेता पनि अवस्था काबुभित्रै थियो। कोरोना भाइरसको चरित्रदेखि त्यसविरुद्ध लड्ने संयन्त्रका विषयमा हामीले विश्वबाट शिक्षा लिने प्रशस्त्रै समय थियो। हामीले अरुका सफल लडाइँ पनि देखिरहेका थियौं, आत्मसमर्पण पनि देखिरहेका थियौं। यहाँका स्वास्थ्य विज्ञहरुले विश्वका अनुभवलाई केलाएर विभिन्न माध्यममार्फत् सरकारको कानसम्म पुर्‍याउने कोसिस गरिरहेकै थिए। तर, कानमा बतास पसेन।

हामीले सधैंजस्तो आफू केही नजान्ने, अरुबाट नसिक्ने, भ्रमलाई ज्ञानको रुपमा लिने र आत्ममुग्ध हुने शैली देखायौं। अहिले पनि शासकीय कमजोरी छोप्न दैनिकजसो जनतालाई लाञ्छित गरिएको र जथाभावी निर्णय गरिएको सुन्न पाइन्छ। कोरोना भाइरस विरुद्ध लड्ने सिर्जनशीलताको नाममा लकडाउन वा निषेधाज्ञा बाहेक जिम्मेवार निकायसँग अरु केही नभएको देखिँदैछ।

आज कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ। काठमाडौं उपत्यकालगायत धेरै सहरहरुमा दोहोर्‍याएर निषेधाज्ञा जारी गर्नुपरेको छ। कोरोनासँगको लडाइँमा बिस्तारै राज्य संयन्त्र पराजित हुँदै गएको देखिँदैछ। उनीहरु अस्पष्ट शैलीमा स्पष्ट भनिरहेका छन्- आफ्नो ज्यान आफैं जोगाऊ।

विश्वका कैयौं देश समय र अनुभवको अभावका कारण क्षति व्यहोर्न बाध्य भए, हामी शासकीय कमजोरीका कारण क्षति व्यहोर्ने दिशातिर गइरहेका छौं। तर पनि सरकार गम्भीर भएजस्तो देखिँदैन। ‘हतारको काम लतार’ शैलीमा सरकार अव्यवहारिक निर्णय गरिरहेको देखिन्छ।

धेरै देशले गरेको गल्ती थियो- कोरोना संक्रमित र अन्य बिरामीको उपचार एउटै अस्पतालमा गर्नु। जसका कारण उपचारमा सक्रिय स्वास्थ्यकर्मी र उपचाररत अन्य बिरामीमा समेत कोरोना फैलियो। अस्पताल सिल भए। स्वास्थ्य सेवा दिने क्षमता घट्यो।

विश्वको यो उदाहरणबाट पाठ सिकेर सरकारले कोभिड १९ का र सामान्य बिरामीको उपचार गर्ने अस्पताल छुट्याउनुपर्थ्यो। शिक्षण, पाटन, टेकु जस्ता अन्य रोगका बिरामीको समेत भीडभाड हुने अस्पतालहरुलाई सामान्य सेवाकै लागि छुट्याउनुपर्थ्यो। यदि कोरोना संक्रमणको उपचार गर्ने हो भने अन्य सेवाका लागि विकल्प खोज्नुपर्थ्यो। तर, सामान्य सेवाका लागि सबैभन्दा धेरै बिरामी पुग्ने ती अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल समेत बनाइएको छ।

अहिले सबै सरकारी, सामुदायिक र निजी अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन दिइएको छ। यो सरकारको अर्को गलत निर्णय हो। नेपालका अस्पतालका संरचना र व्यवस्थापन कस्तो छ भन्ने नबुझी गरिएको निर्णय हो, यो। नेपालका धेरै अस्पतालको संरचना नै सामान्यसँगै कोरोना संक्रमित बिरामीलाई छुट्याउन सक्ने खालका छैनन्।

Ncell 2
Ncell 2

कोरोना संक्रमणबाट ठूलो क्षति बेहोरेको इटलीले विश्वलाई ठूलो स्वरमा भनिरहेको छ- सामान्य सेवा दिने र कोरोनाको उपचार गर्ने अस्पताल एउटै हुनुहुँदैन। कोरोना संक्रमितलाई छुट्टै अस्पताल बनाएर वा छुट्याएर उपचार गर्नुपर्ने कुरालाई जोड दिएको छ। कोरोना संक्रमितको उपचार र अन्य सेवा एकै अस्पतालबाट दिँदा आफूले ठूलो क्षति बेहोरेको इटलीको निष्कर्ष छ।

मेडिकल जर्नल, पत्रपत्रिका, अनलाइन पोर्टल र सामाजिक सञ्जालमा यस विषयमा व्यापक चर्चा भइरहेको छ। तर, नेपाल सरकार कानमा तेल हालेर बसिरहेको छ। उल्टै धम्काइरहेको छ- कोरोना संक्रमितको उपचार गरेनौ भने पिसिआर टेस्टको अनुमति खारेज गरिदिन्छु।

एउटै अस्पतालमा कोरोना संक्रमित र अन्य उपचार सेवा दिँदा अस्पतालभरि नै कोरोना फैलिने डर हुन्छ। त्यहाँ अन्य रोगका बिरामीहरु हुन्छन्। अन्य रोगबाट ग्रसित भएकाहरु कोभिड १९ को झन् बढी जोखिममा हुन्छन्। यति सामान्य कुरालाई पनि बेवास्ता गरेर धम्कीको भाषा व्यक्त भइरहेको छ।

स्वास्थ्यकर्मीहरु उपचारका क्रममा त केही सचेत रहलान्। तर उनीहरुको सचेतता बाबजुद पनि संक्रमित हुन थालेका छन्। एउटै अस्पतालमा सबै प्रकारका सेवा चलिरहँदा कोरोना संक्रमितको उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरुले ड्युटी समयपछि खाजा खाने क्यान्टिनदेखि प्रयोग गर्ने ट्वाइलेटसम्म अस्पतालकै हुन्छ। जसका कारण अन्य बिरामी, बिरामीका कुरुवा तथा अन्य सेवाका स्वास्थ्यकर्मी पनि जोखिममा पर्छन्।

यसका जोखिम अन्य पनि छन्। अन्य सेवा लिनलाई अस्पताल पुग्दा संक्रमणको जोखित त हुने नै भयो। संक्रमणको जोखिमले आवश्यक सेवा लिन अस्पताल जान डराउने अवस्था पनि सिर्जना भएको छ। रोग लुकाएर बस्ने मात्रै होइन, प्रसूतिका लागि समेत स्वास्थ्य संस्था पुग्नेको संख्या घट्न थालेको छ। मुटु, मिर्गौला र नशा सम्बन्धि रोगका बिरामीहरु अन्तिम अवस्थामा पुग्ने गर्न थालेका छन्। कोरोनाको डरले अन्य रोगको उपचार नगराउँदा ज्यानै जाने जोखिम बढेको छ। कोरोना भाइरसले भन्दा यसको त्रासले प्रभावित हुनेको संख्या बढ्न थालेको छ। त्यसैले आम नागरिकलाई नियमित सेवा लिने अस्पतालमा कोरोना संक्रमण हुने जोखिम कम रहेको प्रत्याभूति दिलाउन जरुरी भइसकेको छ। जसका लागि कोभिड उपचार हुने अस्पताल छुट्टै हुनैपर्छ।

यस्ता अस्पतालमा अन्य स्वास्थ्यकर्मी पनि संक्रमित हुने जोखिम हुन्छ नै। त्यस्तो भएमा उनीहरु आइसोलेसनमा बस्नुपर्ने हुन्छ। अर्कोतिर, उनीहरु कार्यरत विभाग सिल हुन्छ। उनीहरुको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। यसले अस्पताल संरचना भद्रगोल हुन्छ र जनशक्तिको अभाव निम्तिन्छ। यो अर्कोखाले जोखिमको सुरुवात हुन्छ। त्यसका केही संकेतहरु अहिले पनि देखिन थालिसकेका छन्।

सबै अस्पतालमा कोभिड १९ को उपचारको व्यवस्था गर्दा व्ययभार पनि बढ्छ। किनकि, कुनै अस्पतालले एक जना मात्रै संक्रमितको उपचार गर्दा पनि आवश्यक न्युनतम तयारी गर्नैपर्छ। सामग्री र सावधानीका लागि खर्च गर्नैपर्छ। तर, छुट्टै सेन्टर बनाउँदा उत्तिकै वा केहि थप सामग्री र सावधानीले कैयौं गुणा बढीलाई सेवा दिन सकिन्छ। विज्ञहरुको भनाइलाई आधार मान्ने हो भने सामान्य अस्पतालमा एक जनाको उपचारका लागि गरिने तयारीमा लाग्ने खर्चले छुट्टै सेन्टरमा १० जनालाई उपचार गर्न सकिन्छ।

अझै पनि सरकारसँग समय छ। अरु देशको अनुभवबाट सिक्न र विज्ञहरुका कुरा सुन्न ढिलाइ गर्नुहुँदैन। संसारलाई हाम्रो सफल अनुभवको मुस्कान देखाउनेतिर अघि बढौं, आत्मसमर्पणमा उठेका हात होइन।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्