काठमाडौं-चालु आर्थिक वर्षको पहिलो एक महिनामा १५ कम्पनीको एक अर्ब ४० करोड रुपैयाँको बोनस शेयर सूचीकृत भएको छ।
नेपाल स्टक एक्सचेन्जमा १५ कम्पनीले एक करोड ४० लाख कित्ता बोनस शेयर सूचीकृत गरेका हुन्। गत आर्थिक वर्षमै साधारणसभाबाट पारित भएका बोनस शेयर कारोबारका लागि नेप्सेमा सूचीकृत भएका हुन्।
प्राइम लाइफले आर्थिक वर्ष २०७४/७५ को बोनस शेयर सूचीकृत गरेको छ भने बाँकी १४ कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बोनस शेयर सूचीकृत गरेका हुन्। १५ कम्पनीमध्ये ७ वटा लघुवित्त वित्तीय संस्था छन् भने दुई वटा विकास बैंक छन्।
नेपाल बंगलादेश बैंकको गत वर्ष पारित भएको ५ प्रतिशत बोनस शेयर अर्थात् ४० लाख ७६ हजार कित्ता रहेको छ। नागरिक लगानी कोषको २२ प्रतिशत बोनस शेयर अर्थात् २९ लाख ५८ हजार कित्ता रहेको छ। दोस्रो बजारमा सूचीकृत भएसँगै लगानीकर्ताले कारोबार गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।