काठमाडौं-सरकारले सिन्धुलीमा पनि आन्तरिक विमानस्थल निर्माण गर्ने भएको छ। सिन्धुलीको भिमानमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको छ। विमानस्थल निर्माणमा लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्रधाधिकरणले बजेटसमेत छुट्याएको छ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्ष २०७७/०७८ को बजेटमा विमानस्थल निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)का लागि बजेट व्यवस्था गरेको हो।
प्राधिकरण महानिर्देशक राजन पोखरेलले विमानस्थल निर्माणका लागि चालू आर्थिक वर्ष भित्र वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार गर्ने गरी बजेट व्यवस्था गरिएको बताए।
‘विमानस्थल निर्माणका लागि प्राधिकरणले विस्तृत अध्ययन गरिसकेकाे छ। अध्ययनमा सिन्धुलीको भिमानमा विमानस्थल निर्माण गर्न सम्भव रहेकाे ठहर भएको छ’, पोखरेलले भने, ‘ विस्तृत अध्ययनका आधारमा चालू आर्थिक वर्षभित्रै इआइए रिपोर्ट तयार गर्न २६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।