एजेन्सी–अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना बिरामीको आपतकालीन उपचारका लागि प्लाज्मा थेरापीलाई स्वीकृति दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।
उनले प्लाज्मा थेरामीमार्फत् कोरोना मृत्यु दरलाई ३५ प्रतिशतसम्म कम गर्न सकिने अनुसन्धानमा पाइएको उल्लेख गर्दै कोरोना संक्रमणबाट निको भएकाहरुलाई प्लाज्मा दान गर्न पनि अपिल गरे।
उनले कोरोनाविरुद्धको खोप चाँडै तयार हुने आशा पनि व्यक्त गरेका छन्।
एफडीएले कोरोना संक्रमणबाट निको भइसकेकाहरुको प्लाज्मामार्फत् ७० हजारभन्दा बढी संक्रमितको उपचार गरिसकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।