काठमाडौं- समता लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ। संस्थाले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
गत आर्थिक वर्षमा संस्थाले ५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। संस्थाको प्रतिशेयर आम्दानी २६.८६ रुपैयाँ रहेको छ।
हाल संस्थाको चुक्ता पुँजी १९ करोड ११ लाख रुपैयाँ छ। २० प्रतिशत बोनस शेयरपछि चुक्ता पुँजी २२ करोड ९३ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।