• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २८, २०८३ Sun, Jul 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

च्याम्पियन्स लिग फाइनल : उत्कृष्ट टिम र उत्कृष्ट खेलाडी

64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०७७  ११:३५
1140x725

काठमाडौं- आइतबार राति पौने १ बजे हुने बायर्न म्युनिक र पिएसजीबीचको च्याम्पियन्स लिग फाइनल खेल तीब्रता, कला र गोलको संयोजन हुनेछ। विश्व उत्कृष्ट टिम र उत्कृष्ट खेलाडीहरुको मेलमा नतिजाको अनुमान सहज नभए पनि फुटबलप्रेमीले राम्रो खेल देख्न पाउनेमा दुविधा छैन। 

विश्व फुटबलमा उस्तै दुई टिमको भिडन्त विरलै हुन्छ। हेरौँ कसले बढी गोल गर्नेछ। क्वाटरफाइनलमा बार्सिलोनाले आठ गोल हान्नु अघिदेखि नै बायर्न म्युनिक यो सिजन सबैको रोजाइँमा थियो। नेमार र एमबाप्पे जस्ता गोलकर्ता भएको पिएसजीलाई पनि कमजोर आँक्न सकिने ठाउँ छैन। 

पिएसजी यसपटक पहिलो च्याम्पियन्स लिग उपाधिका लागि नजिक छ। अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डोर्टमुन्डसँग २-१ ले हार्दा पिएसजीको निकै आलोचना भएको थियो। तर दोस्रो लेगको खेलमा २-० ले जित्दै पिएसजी खेलमा फर्कियो। जसमा नेमार र बेर्नाटले गोल गरेका थिए। 

त्यस्तै अवस्था क्वाटरफाइनलमा पनि देखियो। एटलान्टासँग पहिलो हाफमा १-० ले पछि परेको पिएसजीले अन्तिम समयमा दुई गोल गर्दै सेमिफाइनल पक्का गरेको थियो। जहाँ माक्विनहस र मोटिङले गोल गरेका थिए। सेमिफाइनलमा पिएसजीले लाइपजिगलाई ३-० ले हरायो। त्यसअघि समूह चरणको खेलमा पिएसजीको लय अझ उत्कृष्ट देखिएको थियो।

पाँच पटक च्याम्पियन्स लिग जितेको बायर्न म्युनिक पाँचै पटक फाइनलमा पुगेर पराजित भएको टिम हो। यो सिजनमा गोलमा राम्ररी बढेको बायर्नलाई कसैले रोक्न सक्ला र जस्तो देखिएको छ। यो सिजन सबै खेल जितेको बायर्नका लागि अब फाइनल खेलमा जे पनि हुन सक्छ भनिने अनुमानबाहेक अरु हिसाबले बलियो देखिन्छ। क्वाटरफाइनलमा बार्सिलोनालाई ८ गोल हानेको बायर्नले सेमिफाइनलमा लियोनलाई ३ गोल हानेको थियो। 

यो सिजन बुन्डेस लिगा र जर्मन कपको उपाधि जितेर बढेको बायर्न म्युनिकका लागि अरु टिममा जस्तो डिफेन्स लाइन अघि बढेर खेल्न पिएसजीसँग सहज हुने छैन। एमबाप्पे र नेमारको तीब्रतालाई रोक्न डिफेन्स पोजिसनमा नै रहनुको विकल्प छैन। 

बायर्न म्युनिक र पिएसजीबीच यसअघि च्याम्पियन्स लिग समूह चरणमा आठ पटक भेट भएको छ। जसमा पिएसजीले पाँच खेल जितेको छ भने बायर्नले तीन खेल जितेको छ। आइतबार रातिको भेटमा दुवै टिमको अट्याक लाइन बलियो देखिँदा जसले डिफेन्समा कम गल्ती गर्नेछ जित उसैको हुनेछ। 

पिएसजी
युइएफएमा स्थान- सातौँ

nimb
nimb
Ncell 2
Ncell 2

यो सिजनको अवस्था- खेल १०, जित ८, बराबरी १, हार १, गरेको गोल २५, खाएको गोल ५

अन्तिम १६ को खेलमा- बोरुसिया डोर्टमुन्डलाई ३-२ ले हराएको

क्वाटरफाइनल खेलमा- एटलान्टालाई २-१ ले हराएको

सेमिफाइनलमा- लाइपजिगलाई ३-० ले हराएको

धेरै गोल गर्ने- माउरो इकार्डी र केलियन एमबाप्पे, पाँच गोल

गएको सिजन- अन्तिम १६ बाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- फाइनल (यही सिजन)

बायर्न म्युनिक 
युइएफएमा स्थान- पहिलो

यो सिजनको अवस्था- खेल १०, जित १०, गरेको गोल ४२, खाएको गोल ८

अन्तिम १६ को खेलमा- चेल्सीलाई ७-१ ले हराएको

क्वाटरफाइनलमा- बार्सिलोनालाई ८-२ ले हराएको

सेमिफाइनलमा- लियोनलाई ३-० ले हराएको

धेरै गोल गर्ने- रोबर्ट लेवान्डोस्की, १५ गोल

गएको सिजन- क्वाटरफाइनलबाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- पाँच पटकको विजेता (पछिल्लोपटक २०१३ मा जितेको)

के भन्छन् प्रशिक्षक?

थोमस टचेल, पिएसजी
उनीहरु निकै राम्ररी बढिरहेका छन्। उनीहरुमा जितको भोक रहेको युवा खेलाडी र अनुभवी खेलाडीको मिश्रण छ। हामीसँग पहिले च्याम्पियन्स लिग जितिसकेका अनुभवी गोलकिपर केलर नाभास छन्, हाम्रोमा एन्जेल डि मारिया र नेमारले पनि जितको अनुभव पाइसकेका छन्। बायर्नले यस्तो खाले फाइनलमा पहिले पनि खेलेको अनुभवले उनीहरु बलियो देखिन सक्छन् तर त्यो नतिजामा फरक पार्ने विशेषता होइन। 

हान्स डिएटर फ्लिक्स, बायर्न म्युनिक
हामी फाइनल खेलमा आफूले सक्दो राम्रो गरेर उत्कृष्ट फुटबल खेल्नेछौँ। हामीले आफ्नो शैलीमा रहेर शतप्रतिशत दिन सक्यौँ भने अवश्य पनि जित्नेछौँ। उनीहरुले लिगमा जम्मा पाँच गोल खाएका छन्, त्यसैले उनीहरुको फरवार्ड लाइन जत्तिकै बलियो डिफेन्स लाइन पनि छ। त्यसका लागि हामीसँग विशेष योजना छ, आश गरौँ त्यसले काम गर्नेछ। 

सम्भावित सुरुवाती ११
पिएसजी- रिको, केहेरर, सिल्भा, किम्पेम्बे, बेर्नाट, भेराटी, माक्र्विनहस, हेरेरा, डि मारिया, नेमार र एमबाप्पे।

बायर्न म्युनिक- नेउर, किमिच, बोएटेङ, अलाबा, डेभियस, गोर्तेज्का, थियागो, पेरेसिक, मुलर, गानाब्री र लेवान्डोस्की। 
 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन
सम्बन्धित सामग्री
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा क्वाटरफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा नर्वेलाई २–१ गोलले हराउँदै इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो। इङ्ल्यान्डको जितमा बे... आइतबार, असार २८, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन क्वाटरफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै २०१० को च्याम्पियन स्पेनले सेमिफायनलमा स्थान बनाएको हो। शनिबार, असार २७, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन मा प्रकाशित रिपोर्ट अनुसार एफबीआईले एएफएको अमेरिकाभित्र सञ्चालन भएका व्यावसायिक कारोबार र आर्थिक... बुधबार, असार २४, २०८३
ताजा समाचारसबै
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा आइतबार, असार २८, २०८३
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
कर्णालीमा बेपत्ता भएको गाडीका चालक ९ दिनपछि मृत भेटिए शनिबार, असार २७, २०८३
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्