• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

 संक्रमित ‘फ्रन्टलाइनर’को अपमान नगर, मानवीय बन

64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०७७  १०:३१
1140x725

सामाजिक सञ्जालमा शनिबार मध्यान्हतिर तस्बिरसहित एउटा लज्जाजनक खबर आयो-काठमाडौं बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु ‘आइसोलेन’मा बसेको घरको गेटमा मान्छेहरु जम्मा भए र अलग्गै बसेकाहरुलाई दुत्कारे।

घरबाहिर जम्मा भएको भीडले ‘आइसोलेनमा बसेकाहरुलाई अर्कै ठाउँमा लैजानुपर्ने’ भन्दै नाराबाजी पनि गर्‍यो। हुलहुज्जत गर्‍यो। भौतिक दूरी कायम नगर्नु, कतिपयले मास्कसमेत नलगाउनु र निषेधाज्ञाका बेला समूहमा जम्मा हुनुले दर्शाउँछ कि यो हुलमा भएकाहरु कति सचेत छन्? कति संवेदनशील छन्? 

कोरोनाबाट टोललाई जोगाउने ‘ठेक्का’ लिएको ठान्नेहरु आफ्नै सुरक्षाको उपायमा अन्जान छन्। यस्तै लापरबाहीका कारण कोरोना संक्रमण भएर अस्पताल पुग्नेहरुलाई जोगाउन घरपरिवार त्यागेर डटिरहेका छन् ती स्वास्थ्यसेवीहरु। परिवारको साथ छाडेर एउटा अलग्गै घरमा बस्नु उनीहरुको रहर होइन, बाध्यता हो। कर्तव्यनिष्ठ भएर अरुलाई जोगाउन र आफू जोगिन अलग्गै घरमा बसेका ‘फ्रन्टलाइनर’प्रति गरिएको यो व्यवहार आफैंमा चेतनाशून्य र असामाजिकमात्र थिएन, अमानवीय पनि थियो।

हो, कोभिड–१९ को संक्रमणबाट बँच्न र बचाउन बेलैमा पर्याप्त तयारी होस् र सबैमा संक्रमणबाट बँच्ने सही सूचना पुग्ने वातावरण होस् भन्दै सरोकारवाला निकायलाई झक्झक्याउँदा पनि नेपालमा संक्रमणको पारो दिनप्रतिदिन उकालो लागेको छ। त्यसैले आफू र आफ्नो परिवारलाई जोगाउने पहिलो दायित्व प्रत्येक व्यक्तिको  छ। सचेत हुँदाहुँदै पनि कुन बेला कसरी कोरोना भाइरसको चपेटा परिन्छ भन्ने अनुमान लगाउन मुस्किल छ। सरकारको काम गराइएको अवस्था हेर्दा ‘जोगाउला’ भन्ने भरोसा उठ्न थालेको छ। यस्तो बेला भरोसा गर्न सकिने एकमात्र ठाउँ अस्पताल हो र यिनै स्वास्थ्यकर्मी हुन्।

टोलमा संक्रमितको उपचारमा खटिनेको डेरा छ भन्ने सुन्दा आतंकित हुन्छौं हामी। त्यसको परिणाम यो हुलहुज्जत हो। तर, संक्रमित भएको जान्दाजान्दै उपचार गर्न कसरी तम्सिरहेका होलान् यी स्वास्थ्यकर्मीहरु? यही समाजप्रतिको जिम्मेवारीबोधले न हो। मानवीयतालाई प्राथमिकतामा राखेर न हो। तर, हाम्रा लागि जोखिम मोल्नेहरुका लागि हामी मानवीय व्यवहार गर्न सक्दैनौं? महामारीविरुद्ध लडिरहेका यी सिपाहीहरुलाई निरुत्साहित गरेर कसरी जितिएला कोरोनाविरुद्धको लडाइँ? समाजले महसुस गर्नुपर्ने बेला भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

केही दिनअघि चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले यस्तै अपमान बेहोर्नुपर्‍यो। त्यहाँका बिरामी उपचार गर्ने क्रममा संक्रमित भए उनी। उनीबाट उनकी श्रीमतीलाई पनि स¥यो। हाल संक्रमणमुक्त भइसकेको डा बगाले दम्पत्ति ‘स्याबासी’को भागीदार थियो। तर, स्थानीय जनप्रतिनिधिकै नेतृत्वमा ‘कोरोना संक्रमितको घर’ भन्दै अपमानको तुल टाँस्न पुग्यो समाज। उनको घर रहेको भरतपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष हरिहर आयार्चको नेतृत्वमा टोल सुधार समितिका मान्छेहरु पुगेका थिए। यसबाट हतास भएका डा बगालेले आफ्ना भावना सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पोखेका छन्। 

भाडामा बसिरहेका स्वास्थ्यकर्मीलाई निस्किएर जान भनिएको, पिसीआर नदेखाइ पस्न नदिइएको र स्वास्थ्यकर्मीलाई अपमानित गरेका घटनाहरु नियमितजस्तो सुनिन, देखिन र पढिन थालेका छन्। काठमाडौंनजिकैको दक्षिणकाली नगरपालिकामा त स्थानीय सरकारले नै स्वास्थ्यकर्मीलाई क्वार्टर छाड्न उर्दी जारी गर्‍यो। त्यो पनि कोरोना संक्रमितलाई जोगाउन आइसोलेसन बनाउने भनेर। आइसोलेसनमा पुगेका संक्रमितको उपचार गर्नेलाई लखेट्ने सोचले कसरी संक्रमित जोगाउला? त्यसलाई आइसोलेसन बनाउनुपर्ने हो भने त्यहाँ बसिरहेका स्वास्थ्यकर्मीको वैकल्पिक व्यवस्था नगरपालिकाले गर्न सक्नुपर्थ्याे। यसले महामारीविरुद्ध लड्न स्वास्थ्यकर्मीलाई हौसला मिल्थ्यो। 

हामीले आफूलाई पश्चिमी मुलुकका नागरिक भन्दा बढी सामाजिक नागरिकका रुपमा चित्रण गरिरहेका हुन्छौं। तर, सामाजिक चरित्र देखाउनै पर्ने ठाउँमा हामी असामाजिक प्रवृत्ति दर्शाउँछौं। महामारीमा लडिरहेका स्वास्थ्यकर्मीलाई हौस्याउन स्वास्थ्यकर्मी हिँडिरहेको देख्दा बाटोमा उभिएका नागरिकले ताली बजाएको समाचार हामीले सुनेका छौं। अमेरिकाका कतिपय अस्पतालको  ढोकाअघि नागरिक समाजका मान्छेहरुले ‘जहाँ भगवान छन्’ भनेर ब्यानर टाँसेको समाचार पढेका छौं। विदेशमा बसेका नेपाली डाक्टरहरु अपरिचित छिमेकीले ‘के सहयोग गर्न सक्छु?’ भनेर सोधेको घटनालाई लेखमार्फत् प्रस्तुत गरिरहेका छन्। तर, यहाँ स्वास्थ्यकर्मीहरुले अपमान र घृणा भोग्नु परेको छ। 

देशमा कोरोना संक्रमण बढ्दै जाने तर कोरोनाविरुद्धको लडाइँका ‘फ्रन्टलाइनर’को मनोबल घट्दै जाने परिस्थिति सिर्जना हुनु शुभसंकेत होइन। के थाहा कोरोना पोजिटिभ रिपोर्ट आउने भोलिको पालो डाक्टरको डेराअघि नारा लगाउने जाने र संक्रमितको घरअघि तुल टाँस्न जानेमध्ये कसैको छ कि? यही व्यवहार कसैले आफूमाथि गर्‍यो भने खुसी भइएला कि दुःखी? यत्ति कुरा मनमा राखियो भने कोरोना पोजिटिभ वा कोरोनाविरुद्ध डटिरहेकाहरुलाई अपमान गर्न उक्साउने ग्रन्थी निष्क्रिय हुन्छ। 

कोरोनाविरुद्धको लडाइँ पेचिलो बन्दै गइरहेको वर्तमान अवस्थामा तपाईं हामीले लड्नुपर्दैन, आफू जोगिदिए पुग्छ। तर, स्वास्थ्यकर्मीले जोगिएर पुग्दैन, लड्नैपर्छ। त्यसैले तपाईं हामीलाई जोगाउन आफ्नो ज्यान हत्केलामा लिएर हिँडिरहेकाहरुलाई सके दश औंला जोडेर सम्मान गरौं, सकिदैन भने चोर औंलो देखाउने कुकृत्यबाट आफूलाई जोगाउँ। 
 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्