एजेन्सी–भारतमा एकै दिन ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। शनिबार ७० हजार ६७ संक्रमित थपिएका हुन्। एकै दिन यति धेरै संक्रमित थपिएको यो रेकर्ड हो। यस्तै, शनिबार ९ सय १८ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा हालसम्म संक्रमितको संख्या २९ लाख ७५ हजार ७ सय १ छ भने ५५ हजार ७ सय ९४ जनाको मृत्यु भएको छ।
यसअघि १९ अगष्टका दिन ६९ हजार १ सय ९६ संक्रमित थपिएका थिए। हाल भारतमा ७ लाखभन्दा बढी संक्रमितको उपचार भइरहेको छ भने २२ लाख ७९ हजार ९ सय जना निको भइसकेका छ्न्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।