सिओल- कोरियामा कोरोना भाइरसको संक्रमण शुक्रबार पाँच महिनायताकै उच्च स्तरमा पुगेपछि देशभरका ८ सय ४९ विद्यालयहरू बन्द भएका छन्।
महामारीका कारण यसअघि ८ सय ३८ विद्यालय बन्द भएपछि कोरोना भाइरस नियन्त्रणतर्फ गएको भनी लगभग सबै विद्यालयमा पुनः पठनपाठन गत मे २० देखि सञ्चालन गरिएको दक्षिण कोरियाको शिक्षा मन्त्रालयले जनाएको छ।
पछिल्ला केही हप्तायता संक्रमण दर बढेसँगै विद्यालयहरूमा विद्यार्थी आउन कम भएको थियो। यसै परिवेशलाई ध्यानमा राख्दै ती विद्यालयहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएका हुन्।
सारङजेल चर्च रहेको सियोलको उत्तरी क्षेत्र सिअनबुकमा मात्र करिब ८० विद्यालय बन्द भएका छन्। त्यस्तै गाङबुकमा ४० विद्यालयहरू बन्द भएका छन्। उक्त चर्च वरपरका क्षेत्रमा शुक्रबारसम्म सङ्क्रमित हुनेको सङ्ख्या ७ सय ३२ पुगेको र सावधानीका लागि विद्यालयहरू बन्द गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।