काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टायता थप ११ जना कोरोना संक्रमितको मृत्यु, १३७ पुगे मृतक, काठमाडौं उपत्यकामा १८२ सहित शुक्रबार ८३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० हजार नाघ्यो । ( नेपालमा १३७ पुगे मृतक )
२) स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको आरोप लागेको ओम्नी समूह क्षतिपूर्ति मागदाबी गर्दै सर्वोच्च पुग्यो, दुवै पक्षलाई छलफलमा बोलाउने आदेश । ( पैसा माग्दै ओम्नी पुग्यो सर्वोच्च )
३) एक दर्जन गन्तव्यमा भदौ १६ बाट अन्तर्राष्ट्रिय उडानको तयारी, एक गन्तव्यमा दिनमा एक उडान मात्र, कम्तीमा सात दिन होटल बस्ने गरी उतैबाट होटल बुक गर्नुपर्ने । ( एक गन्तव्यमा दिनमा एक उडान मात्र )
४) नयाँ प्रशिक्षकसँग बार्सिलोनामा भविष्य नदेखेको लियोनल मेस्सीको भनाइ, क्लब छाड्न चाहेको विषय थप चर्चामा, आफूले मेस्सीलाई केन्द्रमा राखेर नयाँ योजना बनाएको प्रशिक्षक कोम्यानको तर्क । ( मेस्सीले बार्सिलोना छाड्ने चर्चा )
५) र, विष दिइएको आशङ्का गरिएका रुसी विपक्षी नेता अलेक्सी नभाल्नी कोमामा, उपचारमा सबै खालको सहयोग गर्न तयार रहेको जर्मनीको भनाइ, ’एयर एम्बुलेन्स तयार’ । ( एलेक्सी नभाल्नी कोमामा )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।