काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स सेवा प्रदायक संस्थाहरुलाई रेमिट्यान्सको भुक्तानी नरोक्न निर्देशन दिएको छ। स्थानीय प्रशासनले निषेधाज्ञा तथा लकडाउन गरिरहेको सन्दर्भमा स्थानीय प्रशासनसँग समन्वय गरी सुरक्षाका उपायहरु अपनाएर सेवा सुचारु राख्न निर्देशन दिएको हो।
विदेशमा कार्यरत नेपाली नागरिकहरुले नेपाल पठाएको विष्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घरव्यवहार चलाउनुपर्ने नागरिकहरुका लागि अप्ठ्यारो पर्नसक्ने देखिएको राष्ट्र बैंकले जनाएको छ।
यसका लागि विप्रेषण प्रवाह गर्ने संस्थाले स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई न्युनतम कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्नेछ।
मिलेसम्म विप्रेषण बैंक मार्फत् भुक्तानी गराउन समेत राष्ट्र बैंकले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।