काठमाडौं-समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपिओमा अहिलेसम्म २ लाख ३३ हजारले ५० लाख ५६ हजार कित्ताका लागि आवदेन दिएका छन्। संस्थाले सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता निष्काशन गरेको छ। यस कम्पनीमा लक्की ड्रमार्फत् ८ हजार ७० जनाले शेयर प्राप्त गर्ने छन्। त्यसैले गर्दा आवेदन दिन बाँकी लगानीकर्ताले १० कित्ताको आवेदन दिँदा हुन्छ।
लिवर्टी हाइड्रोपावरले निष्काशन गरेको आइपिओका लागि तेस्रो दिनसम्ममा ९४ हजार २०० ले आवेदन दिएका छन्। कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार कित्ता आइपिओ निष्काशन गरेको छ। तुलनात्मक रुपमा अन्य कम्पनीको भन्दा कम आवदेन परेको यस कम्पनीमा धेरै शेयर पर्ने सम्भावना धेरै छ। यदि एक लाखले मात्रै आवदेन दिए भने पनि कम्पनीको शेयर न्युनतम ३० कित्ता र अधिकतम ४० कित्तासम्मको लागि आवदेन दिए पुग्छ।
दोस्रो बजारमा अन्य जलविद्युत कम्पनीको बजार मूल्यले गर्दा प्राथमिक शेयर बिक्री हुन नै गाह्रो परिरहेको छ। कतिपय कम्पनीले आयोजना निर्माण सुरु नगरि आइपिओ निष्काशन गर्दा एक दशक भन्दा लामो समय लाभांसको लागि प्रतिक्षा गर्नु परेको छ। तर लिवर्टीले अबको दुई महिनामै विद्युत उत्पादन सुरु गर्ने र अर्को आर्थिक वर्षमा लाभांस दिने प्रतिवद्धता व्यक्त गरेको छ। यसका लगानीकर्ता पनि शेयर बजार तथा बैंकिङ क्षेत्रका हुन्। यस कम्पनीले अन्य आयोजना निर्माण गर्ने जनाएको छ। २५ मेगावाट क्षमताको आयोजना भएकाले अन्य साना आयोजनाको जस्तो हविगत नहुने विश्लेषण गरिएको छ।
त्यस्तै रिलायन्स लाइफ इन्स्योरेन्सको आइपिओमा दुई लाख ४६ हजारले आवदेन दिसकेका छन्। दुई दिनमा नै २ लाख ४६ हजारले एक करोड ६० लाख कित्ताका लागि आवदेन दिएका छन्। यस कम्पनीमा पनि न्युनतम ४ लाख भन्दा धेरैको आवदेन पर्ने देखिन्छ। यस अवस्थामा कम्पनीको आइपिओमा न्युनतम २० कित्ताका लागि आवेदन दिए पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।