काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, १२६ पुगे मृतक, काठमाडौं उपत्यकामा २०० सहित थप ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो ।
२) कार्यालय हिँडेका बैंकका कर्मचारीलाई प्रहरीको हस्तक्षेपपछि सम्पूर्ण बैंकहरु बन्द, सरकारको अर्को निर्णय नआएसम्म बैंकहरु सञ्चालन नगरिने चेतावनी, राष्ट्र बैंकको पहल जारी ।
३) उपत्यकाभित्र लागू भएको निषेधाज्ञाको पहिलो दिन नेप्से ६.२८ अंकले बढ्यो, बजारमा थोरै लगानीकर्ताको पहुँच रहेकाले सेयर बिक्री गर्नेहरू नै कम भएपछि सूचकमा सुधार ।
४) अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको जिम्मेवारीलाई ’रियालिटी शो’ भन्दा फरक ठानेनन् नठानेको पूर्वराष्ट्रपति ओबामाको आरोप, ओबामाले फैलाएको सन्त्रासले नै यसअघि आफूले जितेको ट्रम्को भनाइ ।
५) र, च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पिएजीद्वारा लाइपलिग ३–० गोल अन्तरले पराजित, फाइनलमा पिएसजी र बायर्न म्युनिकले आइतबार राती खेल्ने।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।