काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ। प्रिमियर लिगले २०२०-०२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो।
बिहीबार सार्वजनिक तालिकाअनुसार १२ सेप्टेम्बरमा ६ खेल हुने छन्। जसमा च्याम्पियन लिभरपुलले लिड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ। लिड्स च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको थियो। लिभरपुलले आफ्नै मैदानमा लिड्सँग प्रतिस्पर्धा गर्दै प्रिमियर लिगको सुरुवात गर्नेछ।
त्यस्तै, क्रिस्टल प्यालेसले साउथह्याम्पटनसँग आफ्नै मैदानमा प्रतिस्पर्धा गर्दा फुलहामले आर्सनलसँग खेल्नेछ। त्यस्तै, स्पर्सले एभर्टनसँग प्रतिस्पर्धा गर्दा वेस्ट ब्रुमले लेस्टरसँग र वेष्टहामले न्युक्यास्टलसँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, म्यान्चेस्टर सिटी र एस्टन भिल्ला तथा बर्नली र म्यान्चेस्टर युनाइटेडबीचको खेल समय भने निर्धारण गरिएको छैन।
२०२० को सेम्टेम्बर १२ बाट सुरु हुने लिग २०२१ को मे २३ मा सकिनेछ। लिगको अन्तिम खेलमा च्याम्पियन लिभरपुलले क्रिस्टल प्यालेससँग खेल्दा म्यान्चेस्टर सिटीले एभर्टन, म्यान्चेस्टर युनाइटेडले वोल्भ्स र चेल्सीले एस्टोन भिल्लासँग प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, आर्सनल र ब्राइटन, फुलहाम र न्युक्यास्टल, लिड्स र वेष्टब्रुम, लेस्टर र स्पर्स, सेफिल्ड युनाइटेडले बर्नली र साथउह्याम्पटनले वेष्टहामसँग अन्तिम खेल खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।