एजेन्सी- कोरोना भाइरसले भारतमा हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ। हालैका दिनहरुमा राजधानी दिल्लीमा संक्रमण अलि कमी आएको छ। यहीबीचमा दिल्लीमा एक नयाँ सर्वे गरिएको थियो।
उक्त सर्वेक्षणमा धेरै अचम्म लाग्दा तथ्य सार्वजनिक भए। अघिल्लो पटकभन्दा यस पटक भएका संक्रमितहरूमा कोरोना एन्टिबडी धेरै विकास भएको उक्त सर्वेक्षणमा पत्ता लागेको थियो। न्यू सिरो सर्वेका अनुसार दिल्लीमा २९.१ प्रतिशत कोभिड १९ एन्टिबडी पाइएको थियो।
दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले यो १ अगस्टदेखि ७ सम्म कूल संक्रमितमा दोस्रो सर्वे गरिएको भन्दै त्यसको रिपोर्ट सार्वजनिक गरे। २ करोड जनसंख्या रहेको दिल्लीमा १५ हजार मानिसको नमूना लिइएको थियो। जसमा १२ हजार ५ सय ९८ को रिर्पोट सार्वजनिक गरिएको थियो। यसअघि पनि यसैगरी एनसिडिएसले सर्वे गरेको थियो। उक्त सर्वेमा २३.४८ मानिसमा एन्टिबडी विकास भएको पाइएको थियो। जुन पछिल्लो सर्वेमा ५ प्रतिशतभन्दा धेरैले बढेको छ।
दोस्रो सर्वेको खुलासा
२८.३ प्रतिशत पुरुष र ३२.२ प्रतिशत महिलामा कोरोनाविरूद्धको एन्टिबडी विकास भएको दोस्रो सर्वेमा पत्ता लागेको छ। सर्वेमा ६० लाख मानिसमा एन्टबडी विकास भएको जानकारी गराइएको थियो। १८ वर्षभन्दा कम उमेरका ३४.७ प्रतिशत बच्चामा कोरोना एन्टिबडी पाइएको थियो। १९ देखि ४९ वर्षका २८.५ प्रतिशत मानिसमा एन्टिबडी विकास भएको पाइएको छ। त्यस्तै ५० वर्षभन्दा माथिका ३१.२ प्रतिशत मानिसमा एन्टिबडी विकास भएको पाइएको छ।
दिल्ली हर्ड इम्युनिटीतर्फ अघि बढ्दै
विज्ञहरुले दिल्ली ‘हर्ड इम्युनिटी’ तर्फ अघि बढिरहेको जनाएका छन्। विज्ञका अनुसार ४० देखि ६० प्रतिशत मानिसमा एन्टीबडी विकास भएपछि हर्ड इम्युनिटीको अवस्था आउँछ। देशमा कोरोना भाइरस संक्रमणको आँकडा २८ लाखमाथि पुगेको छ।
दिल्लीमा मात्र १.५६ लाखभन्दा धेरै मानिस संक्रमति भएका छन् । संक्रमितमध्ये १.४० लाख मानिसको उपचार भइसकेको छ। दिल्लीमा अहिले १५ हजार ३ सय ७२ सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।