• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १, २०८२ Sat, Oct 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोम्यानले बार्सिलोनामा के बदल्छन्? 

64x64
ऋग्वेद शर्मा बिहीबार, भदौ ४, २०७७  १५:१२
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा प्रशिक्षकको जिम्मेवारीमा नजिक पुगिसकेको १७ वर्षपछि रोनाल्ड कोम्यान प्रशिक्षकमा नियुक्त भएका छन्। अप्ठ्यारो समयमा उनको यो जिम्मेवारी पहिलेको जस्तो वातावरणमा हुने छैन। त्यो बुझेरै राजी भएका उनको प्रशिक्षणमा सच्चा परीक्षा सुरु हुँदैछ। 

बार्सिलोनाकै पूर्वखेलाडी कोम्यान अहिले नेदरल्याण्ड्सको राष्ट्रिय टिमको प्रशिक्षण छाडेर बार्सिलोना गएका हुन्। २००३ मा बार्सिलोना अध्यक्ष योआन लापोर्ता हुँदा कोम्यानलाई प्रशिक्षकका रुपमा ल्याउने प्रयास भएको थियो, तर आयाक्सले मागेको जति रकम तिर्न त्यसबेला बार्सिलोनाले आनाकानी गर्यो। 

गएको जनवरीमा क्विके सेटियन नियुक्त हुँदा पनि कोम्यानको नाम त्यसबेला पनि आएको थियो। तर त्यसबेला उनी नेदरल्याण्ड्सको जिम्मेवारी छाड्न सक्ने समयमा थिएनन्। अहिले १७ वर्षमा विभिन्न क्लब हुँदै उनी बार्सिलोना प्रशिक्षकमा साच्चैको नियुक्त भए। 

प्रशिक्षका रुपमा सम्झौता गर्न बार्सिलोना इआइ पार्ट विमानस्थलबाट बाहिरिँदै गर्दा मास्कले छोपिएको अनुहारमा पनि उनको हाँसो लुकेको थिएन। त्यही हाँसो कायम राखिरहनु नै उनका लागि सबैभन्दा ठूलो चुनौती हो।

प्रशिक्षक क्विके सेटियन र टेक्निकल सेक्रेटरी इरिक अबिडाललाई बर्खास्त गरेको बार्सिलोनाले दुई दिन पछि नयाँ प्रशिक्षक नियुक्त गरेको हो। बार्सिलोनासँग अहिले दुई वर्षको सम्झौता गरेका कोम्यान सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाकै खेलाडीसमेत थिए। 

च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकसँग ८–२ ले हारेको बार्सिलोना यो सिजन उपाधिविहीन बनेको रह्यो। ला लिगाको उपाधिसमेत गुमाएको टिमलाई च्याम्पियन्स लिगको लज्जास्पद हारले नयाँ प्रशिक्षक खोज्न बाध्य बनायो।

बार्सिलोनामा खेलाडीका रुपमा ६ सिजन रहँदा कोम्यानले २ सय ६४ खेलमा ८८ गोल गरे। त्यसमध्ये धेरैजस्तो उनको फ्रिकिक गोल थियो। कोम्यानको फ्रिकिक त्यो समय विश्व फुटबलमा नौलो शैली थियो। जसले १९९२ को युरोपियन कपको उपाधि बार्सिलोनाले जित्यो। क्लबको इतिहासमै उनी सर्वाधिक गोल गर्ने डिफेन्डर हुन्। 

Ncell 2
Ncell 2

कोम्यान १९८९ मा बार्सिलोनामा आबद्ध हुनुअघि नेदरल्याण्ड्सकै एफसी ग्रोनिनजेन, आयाक्स र पिएसभीमा थिए। जहाँ उनले चार डच लिग उपाधि, दुई डच कप र एक युरोपियन कप जितेका थिए। जतिबेला उनी बार्सिलोना गएका थिए त्यो समय क्लबमा डिएगो म्याराडोनापछि सबैभन्दा महँगा खेलाडी उनी नै थिए। 

बार्सिलोनामा रहँदा कोम्यानले विभिन्न १० उपाधि जिते। जसमा चार ला लिगा, एक युरोपियन कप, कोपा डेल रे, युरोपियन सुपर कप र तीन स्पेनिस सुपर कप रहेका छन्। 

बार्सिलोनाबाट नेदरल्याण्ड्स नै फर्किनुअघिसम्म कोम्यान योहान क्रुफको टिममा महत्वपूर्ण सदस्य रहे। फुटबलबाट सन्यास लिएपछि उनी १९९८ मा बार्सिलोना टिमको सहायक प्रशिक्षकका रुपमा पनि रहे। त्यतिबेलै १९९८ देखि ९९ सम्म एक वर्ष उनी बार्सिलोना बी टिमका प्रशिक्षक पनि रहे। 

अहिले बार्सिलोना प्रशिक्षक बनेका कोम्यान नेदरल्याण्ड्सबाट बार्सिलोना प्रशिक्षक बनेका पाँचौँ प्रशिक्षक हुन्। यसअघि नेदरल्याण्ड्सकै रिनस माइकल्स, योहान क्रुफ, लुइस भान गाल र फ्रान्क रिजकार्ड बार्सिलोना प्रशिक्षक बनिसकेका छन्। 

१९९८ मा बार्सिलोनाको सहायक प्रशिक्षक बन्नुअघि कोम्यान एक वर्ष नेदरल्याण्ड्सको सहायक प्रशिक्षक थिए। १९९८ को विश्वकपमा प्रशिक्षणको अनुभवपछि बार्सिलोना गएका उनी त्यहाँबाट मुख्य प्रशिक्षकका रुपमा २००० मा नेदरल्याण्ड्सकै भिटेस आर्नेममा प्रशिक्षक बने। सानो बजेटमा चलिरहेको क्लबलाई उनले युइएफए कपसम्म लैजान सकेका थिए। 

२००१ मा कोम्यान आयाक्सको प्रशिक्षक बने। आयाक्समा उनले २००१–०२ र २००३–०४ मा लिगको उपाधि जिताए। २००१ मा केएनभिबी कप जिताएका उनले २००२ मा योहान क्रुप शिल्ड पनि जिताएका थिए। तर २००४–०५ को सिजनमा युइएफए कपमा खराब प्रदर्शनपछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए। 

आयाक्स छाडेपछि उनी २००५ मा नै पोर्चुगलको च्याम्पियन क्लब बेनफिकामा प्रशिक्षकका रुपमा गए। त्यहाँ पोर्चुगिज सुपर कपको उपाधि दिलाएका उनी लिगमा तेस्रो स्थानमा रहे। लिगमा पोर्टो र स्पोर्टिङ एफसी भन्दा पछि पर्नु उनका लागि राम्रो देखिएन। तर च्याम्पियन्स लिगमा कोम्यानको टिमले समूह चरणको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेड र नकआउटमा लिभरपुललाई हराएको थियो। 

बेनफिकामा सम्झौता एक वर्ष बाँकी रहँदै नेदरल्याण्ड्सकै क्लब पिएसभीबाट बोलावट आएपछि उनी २००६–०७ को सिजन पिएसभी गए। लिगमा पहिलो सिजनको सुरुवाती चरणमा राम्रो भए पनि पछिल्लो चरणमा सम्भावित ३९ अंकमा पिएसभीले १९ अंकमात्र जोड्न सकेको थियो। जसले अन्तिम चरणको खेलअघि पिएसभी, एजेड र आयाक्स तीनै टिमको ७२ अंकको बराबरी थियो। जसमा अन्तिम खेलमा भिट्से आर्नेमलाई ५–१ ले हराएर भिएसभीले लिगको उपाधि जित्यो। त्यो सिजन पिएसभी च्याम्पियन्स लिगमा क्वाटरफाइनल पुगेर हारेको थियो। 

२००७ को अक्टोवरमा कोम्यान स्पेनिस क्लब भ्यालेन्सियाको प्रशिक्षक बने। भ्यालेन्सियामा उनले २००७–०८ को कोपा डेल रे को उपाधि जिताएका थिए। तर त्यसबाहेक भ्यालेन्सिया उनको प्रशिक्षण सफल देखिन सकेन। लिगमा भ्यालेन्सिया १५औँ स्थानमा रह्यो। च्याम्पियन्स लिग समूहमा पनि नराम्रो हार भोगेपछि कोम्यान २००८ को अप्रिलमा बर्खास्त भए। 

भ्यालेन्सियाबाट बर्खास्त भएका कोम्यान २००९ को मेमा नेदरल्याण्ड्सकै क्लब एजेडमा प्रशिक्षक नियुक्त भए। तर एजेडमा पनि उनको समय राम्रो हुन सकेन। लिगमा अन्तिम १६ खेलमा ७ खेल गुमाएपछि उनी बर्खास्त भए। अघिल्लो सिजन लिग जितेको टिमका लागि त्यो खराब नतिजा थियो। 

२०११ को जुलाइमा कोम्यान नेदरल्याण्ड्सकै क्लब फेयनुर्डमा प्रशिक्षक बने। एक वर्षको मात्र सम्झौतामा गएको भए पनि त्यसपछि उनको सम्झौता थप भएको थियो। क्लबलाई कुनै राम्रो उपाधि नदिलाएका उनी २०१३–१४ को सिजनपछि आफै क्लब छाडेर गए। 

प्रशिक्षणको दौरानमा कोम्यान २०१४ को जुनमा पहिलोपटक प्रिमियर लिग पुगे। जहाँ उनले साउथह्याम्पटनमा तीन वर्षको सम्झौता गरेका थिए। प्रिमियर लिगमा पहिलो ६ खेलमा ४ जित, १ बराबरी र १ हारको नतिजा आउँदा उनको तारिफ भएको थियो। साउथह्याम्टनले सातौँ स्थानमा लिग सकाउँदा कोम्यानको समय सुखद मानियो। साउथह्याम्पटनमा रहँदा उनले विभिन्न तीन चरणमा प्रिमियर लिग म्यानेजर अफ दि मन्थको उपाधि पाएका थिए। प्रिमियर लिगमा साउथह्याम्टनलाई छैठौँ स्थानसम्म लैजान सकेका उनले युरोपा लिगमा क्लबलाई पुर्याएका थिए। 

साउथह्याम्टनमा सहज देखिएको समयपछि कोम्यान प्रिमियर लिगकै अर्को क्लब इभर्टनमा २०१६ को जुनमा प्रशिक्षकका रुपमा गए। पहिलो सिजन टिमलाई युरोपा लिगसम्म लैजान सकेका उनले त्यसपछिको समय राम्रो गर्न सकेनन्। २०१७–१८ को सिजनमा खेलाडी किन्नका लागि इभर्टनले इतिहासमा नै सबैभन्दा धेरै रकम पाएको थियो। तर त्यसको उपयोग राम्ररी हुन सकेन। आर्सनलसँग ५–२ को हारपछि टिम रेलिगेसन जोनमा रहँदा उनी बर्खास्तमा परे। 

इभर्टनपछि उनी नेदरल्याण्ड्सको राष्ट्रिय टिमका प्रशिक्षक बने। २०१८ को विश्वकप फुटबलमा छनोट हुन नसकेर तनावमा रहेको टिमलाई फेरि उचाइमा लैजाने भूमिकामा कोम्यान थिए। २०१८ को फेब्रुअरीमा नेदरल्याण्ड्सको प्रशिक्षक बनेका उनले टिमलाई २०२२ को विश्वकप फुटबलसम्म लैजाने योजना थियो। २०१९ मा नेदरल्याण्ड्स युइएफए नेसन्स लिगको फाइनलमा पुग्दा कोम्यानले टिमलाई पुरानो अवस्थामा फर्काएको विश्लेषण भएका थिए। २०१६ को युरोकप र २०१८ को विश्वकप गुमाएको टिमलाई २०२१ मा हुने युरोकप फुटबलमा छनोट गराउन सक्नु कोम्यानको सफलता मानियो। जहाँबाट उनी सम्झौता बाँकी छँदै बार्सिलोना गए। 

५७ वर्षका कोम्यानको प्रशिक्षणका बितेका दिनहरु मध्यमा देखिन्छन्। न उनी उत्कृष्ट प्रशिक्षकका रुपमा दरिएका छन् न त उनका कामहरुलाई खराब दृष्टिकोणमा राख्न मिल्छन्। यसैले उनका लागि अबको बार्सिलोनाको समय प्रशिक्षणमा सच्चा परीक्षा हुनेछ। 

बार्सिलोना कप्तान लियोनल मेस्सीलाई केन्द्रमा राखेर युवा खेलाडीलाई समेट्दै आफूले योजना बनाएको कोम्यानले बताएका छन्। अब कोम्यानको पहिलो काम मेस्सीलाई क्लबमा नै राखिरहनुमा हुनेछ। बायर्न म्युनिकसँगको लज्जास्पद हारपछि मेस्सीले क्लब छाड्ने हल्लाहरु बढिरहेका छन्। 

‘म मेस्सीसँग कुराकानी गर्नेछु। क्लबमा उनको सम्झौता अझ एक वर्ष बाँकी छ। हामीले अरु धेरै खेलाडीसँग पनि कुराकानी गरेर अघि बढुनुपर्नेछ। मेस्सी हाम्रो केन्द्रमा रहन्छन् भन्नुको मतलब उनी क्लबका कप्तान हुन्। आशा छ उनी हामीसँगै रहनेछन्’ कोम्यानले भनेका छन्। 

स्पेनिस फुटबल पत्रकार गिलियम बालागुका अनुसार बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले पनि यहीबीच मेस्सीका बुबासँग कुराकानी गरेका छन्। कोम्यानको आगमनले मेस्सी सकरात्मक भए पनि प्रशिक्षकले मेस्सीसँग नै कुराकानी गर्दा राम्रो हुने सुझाव उनका बुबाले दिएका छन्। यस्तोमा कोम्यानले लियोनल मेस्सीका लागि के गर्न सकिन्छ भनेर सोच्नुभन्दा मेस्सीले क्लबका लागि के गर्न सक्छन् भन्नेमा विचार गर्नुपर्छ। 

युवा खेलाडीका सम्बन्धमा आएको कोम्यानको विचार पनि शब्दमा भन्दा मैदानमा देखिनु जरुरी हुनेछ। किनभने यसअघि सेटियनले पनि आफूले युवा खेलाडीलाई विशेष समय दिने बताएका थिए। तर सिनियर खेलाडी घाइते रहेको अवस्थाबाहेक उनले युवा खेलाडीमाथिको आफ्नो विश्वास मैदानमा देखाउन सकेनन्। 

कोम्यानका लागि नयाँ टिमको विकास गर्न पुराना सबै खेलाडी अहिले अरु क्लबमा पठाउन सक्ने अवस्था छैन। यस्तोमा बार्सिलोनाको कमाइको ७० प्रतिशत हिस्सा खेलाडीको तलबमा खर्च भइरहेको छ। उमेरले नेटो काटिरहेका र बढी तलब लिने त्यस्ता खेलाडीहरु कोरोनाका कारण संकटमा परेको फुटबल बजारमा सहजै बिक्री पनि हुने छैनन्। 

बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउका अनुसार नै अब पहिलो रोजाइँको टिममा निकै फेरबदल हुने, जसका कारण केही सिनियर खेलाडीले क्लब छाड्नुपर्ने छ। तर त्यो कसरी हुन्छ भन्नेमा उनी स्वयम यकिन छैनन्।  

बर्टामेउका अनुसार क्लबमा नै रहिरहने खेलाडीहरुमा कप्तान लियोनल मेस्सी, गोलकिपर मार्क आन्द्रे टेर स्टेगेन, डिफेन्डर नेल्सन सेमेडो र क्लेमेन्ट लेङलेट, मिडफिल्डर फ्रान्की डि योङ, फरवार्ड उसमान डेम्बेले र एन्टोनी ग्रिजम्यान छन्। साथै बी टिमबाट ए टिममा खेलिरहेका अन्सु फाती र रिकी पुइच पनि बिक्रीमा छैनन्। 

जसका कारण २०२२ को जुनसम्म सम्झौता रहेका जेरार्ड पिके, २०२३ को जुनसम्म सम्झौता रहेका सर्जियो बुस्केट्स र स्यामुअल उमटिटी, २०२४ को जुनसम्म सम्झौता रहेका जोर्डि अल्बा, २०२१ को जुनसम्म सम्झौता रहेका इभान राकिटिक, लुइस स्वारेज र आर्टुरो भिडालका कारण बार्सिलोनामा समय कठिन हुनेछ। जहाँ बुस्केट्स र अल्बाका एजेन्टले सम्झौता अवधिभरको रकम नदिए उनीहरु कहिँ नजाने बताइरहेका छन्। स्वारेज पनि त्यही तर्कमा छन्। 

२००७ मा भ्यालेन्सियाको प्रशिक्षक रहँदा कोम्यानले यस्तै अवस्थाको सामना गर्नुपरेको थियो। सिनियर खेलाडीहरु सान्टियागो कानिजारेस, डेभिड अल्बेल्डा र एन्जेल एन्गुलो आफ्नो टिमको योजनामा नरहेको भन्दै उनले सुरुवाती टिमबाट बाहिर राखे। जसका कारण सिनियर खेलाडी र प्रशिक्षकबीचको सम्बन्ध बिग्रियो। बिग्रिएको सम्बन्धमा हार कोम्यानकै भयो र उनी बर्खास्तमा परे। 

कोम्यानको बार्सिलोना आगमनले फ्रान्की डि योङ भने विशेष फाइदामा रहन सक्नेछन्। अहिले आफूले बार्सिलोनामा शतप्रतिशत खेल देखाउन नसकेको बताइरहेका डि योङको खुबी कोम्यान राम्ररी बुझ्छन्। नेदरल्याण्ड्समा कोम्यानको प्रशिक्षणमा डि योङले बार्सिलोनामा भन्दा राम्रो गरिरहेका पनि छन्। सेटियनको समयमा बार्सिलोनाको ‘पोजिसनल’ फुटबलको प्रयास डि योङको प्राकृतिक खेल विपरीत थियो। 

अरु प्रशिक्षक जस्तो कोम्यान चिनिएको एउटै प्रशिक्षण शैलीमा देखिएका छैनन्। बार्सिलोना लिजेण्ड योहान क्रुफको ‘टोटल फुटबल’ शैली मन पराउने भए पनि कोम्यानको अवस्था र शैली टिमअनुसार भिन्न देखिएको छ। सबैमा हेर्दा कोम्यानको शैली पुरानो फुटबल शैलीसँग मेल खाने देखिन्छ। 

अब कोम्यानको सफलताका लागि एउटै सुत्र छ- युवा खेलाडीको शक्ति र जितको भोकलाई प्रयोग गर्ने र मेस्सीको तीब्रतासँग उनलाई साथ दिन सक्ने टिमको विकास गर्ने। जसले युवा खेलाडीको आत्मबलले मेस्सीबिनाको बार्सिलोनाको पनि कल्पना गर्न सकियोस्। सँगै १५ वर्ष फुटबलको केन्द्रमा देखिएका मेस्सीको अन्तिम वर्षहरु खल्लो नहोस्। 

(बिबिसी, गार्जियन र मार्कामा आधारित रहेर लेखिएको यो लेखमा तस्बिरहरु मार्का र बार्सिलोना एफसीबाट लिइएका हुन्।)

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर शनिबार, कात्तिक १, २०८२
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने शनिबार, कात्तिक १, २०८२
पेट्रोलियम पाइपलाइनबाट आयो साढे ६ अर्ब लिटर इन्धन शनिबार, कात्तिक १, २०८२
अफगानिस्तानको आरोप : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो शनिबार, कात्तिक १, २०८२
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट शनिबार, कात्तिक १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
बेपत्ता छानबिन आयोगका सचिवको सरुवा शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्