एजेन्सी–ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १ लाख १० हजार नाघेको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार त्यहाँ मृत्यु हुनेहरुको संख्या १ लाख ११ हजार १ सय पुगेको हो।
ब्राजिलमा २४ घण्टामा ४९ हजार २ सय ९८ संक्रमित थपिएका छन् भने कूल संक्रमितको संख्या ३४ लाख ५६ हजार ६ सय ५२ पुगेको छ। त्यहाँ बुधबारमात्रै १ हजार २ सय १२ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।