एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिलो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड २२ लाख ६२ हजार ९ सय ४६ पुगेको हो। हालसम्म ७ लाख ८४ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ भने १ करोड ४२ लाख ५० हजार २ सय २ जना निको भइसकेका छन्।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५५ लाख २४ हजार ३ सय ९८ पुगेको छ भने १ लाख ७२ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ। यस्तै, ब्राजिलमा ३४ लाख ७ हजार ३ सय ५४ संक्रमित र १ लाख ९ हजार ८ सय ८८ मृत्यु, भारतमा २७ लाख ६७ हजार २ सय ७३ संक्रमित र ५२ हजार ८ सय ८९ मृत्यु, रुसमा ९ लाख ३५ हजार ६६ संक्रमित र १५ हजार ९ सय ५१ मृत्यु, दक्षिण अफ्रिकामा ५ लाख ९६ हजार ६० संक्रमित र १२ हजार ४ सय २३ को मृत्यु तथा मेक्सिकोमा ५ लाख ३१ हजार २ सय ३९संक्रमित र ५७ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ।
यस्तै, पेरुमा ५ लाख ४९ हजार ३ सय २१ संक्रमित र २६ हजार ६ सय ५८ को मृत्यु, कोलम्बियामा ४ लाख ८९ हजार १ सय २२ संक्रमित र १५ हजार ६ सय १९ को मृत्यु, चिलीमा ३ लाख ९० हजार ३७ संक्रमित र १० हजार ५ सय ७८ को मृत्यु तथा स्पेनमा ३ लाख ७० हजार ८ सय ६७ को संक्रमित तथा २८ हजार ७ सय ९७ को मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।