काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घन्टायता ६ जना कोरोना संक्रमितको मृत्यु, १२० पुगे मृतक, काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो ।
२) काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध, भदौ १० गते राति १२ बजेसम्म निशेधाज्ञा लागू हुने ।
३) अछामको रामारोशनमा मंगलबार राति आएको बाढीमा परी बेपत्ता भएका १२ जनाको शव फेला, सुदूरपश्चिममा मात्र एकै दिन ११६ जनाको मृत्यु, ५ जनाको खोजी हुँदै ।
४) अमेरिका निर्वाचन २०२० ः डेमोक्र्याटिक पार्टीको सम्मेलनमा रिपब्लिकन नेताद्वारा जो बाइडनलाई समर्थन, आफूसँग असन्तुष्ट रिपब्लिकन नेताहरूको ट्रम्पद्वारा ट्विटरमा आलोचना ।
५) र, पिएसजीले लाइपजिगलाई ३–० ले हराउँदै पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा, अब फाइनलमा पिएसजीले बायर्न म्युनिक र लायोनको विजेतासँग खेल्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।