एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १५ लाखसम्म पुग्ने अनुमान गरेको छ। यो संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या ४ लाख पुग्ने पनि डब्लुएचओको अनुमान छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म ५४ लाख ७९ हजार ७ सय ८८ जना संक्रमित भएका छन् भने १ लाख ७१ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको छ। त्यसमा सबैभन्दा बढी न्युयोर्कमा ३२ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ।
विश्वभर कोरोनाबाट २ करोड २० लाख ४६ हजार १ सय ३५ जना संक्रमित भइसकेका छन् भने ७ लाख ७८ हजार ५ सय ५७ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।