काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ६ जना सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, केहि समय राखेपका कार्यवाहक सदस्यसचिवको जिम्मेवारी सम्हालेका खेलकुद मन्त्रालयका सहसचिव भक्तबहादुर ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थितिमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराए।
खेलकुद मन्त्रालयले साउन १५ गते रिम रानाभाट, सुभास श्रेष्ठ, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईलाई राखेपको सदस्यमा मनोनित गरेको थियो। सो अवसरमा मन्त्री विश्वकर्माले चाँडै नै अन्य सदस्यहरुको नियुक्ति प्रकृया पनि अगाडि बढाइने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।