काठमाडौं- सोमबार दोस्रो बजार १०.७५ अंकले सुधार भएको छ। पछिल्लो दिनमा शेयर बजार लगातार ओरालो झरिरहेको छ। नेप्से सूचक ०.७७ प्रतिशतले सुधार भएर १४०२.२१ अंकमा रोकिएको छ।
सूचकमा सुधार देखिए पनि कारोबार रकम एक अर्ब ७ करोड रुपैयाँ रहेको छ। १०० वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिए पनि ४१ वटा कम्पनीको मूल्य घटेको छ। जलविद्युतको सूचक बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ।
आइतबार अधिकांश कम्पनीको नाफामा भारी गिरावट देखिएपछि २० अंकभन्दा धेरैले घटेको थियो। पछिल्लो समय करोनाको संक्रमण बढ्न थालेपछि सेयर बजार घटिरहेको छ। कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्ने क्रममा विभिन्न स्थानीय निकायले लकडाउनको रणनीति अपनाइरहेका छन्।
नेपाल बैंकले यस वर्ष लाभांश दिन सक्ने भन्दै दोस्रो बजारमा कम्पनीको मूल्यमा उछाल आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।