एजेन्सी–भारतमा आइतबार २४ घण्टामा ५३ हजारभन्दा बढी संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतबार ५३ हजार ३ सय २२ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, एकै दिन ९ सय ४४ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेहरुको संख्या ४९ हजार ९ सय ८० पुगेको छ भने संक्रमितको संख्या २५ लाख ८९ हजार ६ सय २२ पुगेको छ।
सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्रमा सक्रिय संक्रमितको संख्या १ लाख ५६ हजार ७ सय १९ छ भने त्यहाँ आइतबार ४ हजार ८ सय ५४ संक्रमित थपिएका छन्। महाराष्ट्रमा १९ हजार ७ सय ४९ जनाको मृत्यु भइसकेको छ।
यस्तै, दिल्लीमा सक्रिय संक्रमितको संख्या ११ हजार ४ सय ८९ छ भने कूल ४ हजार १ सय ८८ जनाको मृत्यु भएको छ। अर्को बढी प्रभावित राज्य तमिलनाडुमा ५४ हजार २ सय १३ सक्रिय संक्रमित छन्। त्यहाँ हालसम्म ५ हजार ६ सय ४१ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।