एजेन्सी–पूर्व क्रिकेटर एवं भारतको उत्तर प्रदेशका होमगार्ड मन्त्री चेतन चौहानको कोराना संक्रमणका कारण निधन भएको छ । उनका भाइ पुष्पेन्द्र चौहानले मृत्युको पुष्टि गरेका हुन्।
७२ वर्षीय चेतनको गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उपचार भइरहेको थियो। गत १९ जुलाईका दिन कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
उनले सैनिक कल्याण तथा नागरिक सरक्षा मन्त्रालयको पनि कार्यभार सम्हालेका थिए। कोरोना पोजेटिभ पाइएपछि उनलाई लखनऊको एसजीपीजीआईमा भर्ना गरिएको थियो। सोही क्रममा उनको मिर्गौला र उच्चरक्तचापको समस्या देखिएको थियो । अवस्थामा सुधार नभएपछि उनलाई मेदान्ता अस्पताल भर्ना गरिएको थियो।
यसअघि उत्तर प्रदेशकी मन्त्री कमलारानी वरुणको पनि कोरोनाका कारण निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।