एजेन्सी–विश्वभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २ करोड १३ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १३ लाख ५९ हजार १ सय ६६ पुगेको हो। हालसम्म संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ लाख ६८ हजार ८ सय ६४ पुगेको छ भने १ करोड ३३ लाख ६२ हजार ३ सय जना निको भएका छन्।
हालसम्म अमेरिकामा ५३ लाख ५६ हजार २ सय ४४ जना संक्रमित भएका छन् भने त्यहाँ १ लाख ६९ हजार ४ सय २३ जनाको मृत्यु भइसकेको छ। यस्तै, ब्राजिलमा ३३ लाख १७ हजार ९६ संक्रमित र १ लाख ७ हजार २ सय ३२ मृत्यु, भारतमा २५ लाख २६ हजार १ सय ९२ संक्रमित र ४९ हजार ३६ मृत्यु, रुसमा ९ लाख १५ हजार ८ सय ८ संक्रमित र १५ हजार ५ सय ८५ मृत्यु, दक्षिण अफ्रिकामा ५ लाख ८३ हजार ६ सय ५३ संक्रमित र ११ हजार ६ सय ७७ को मृत्यु भएको छ।
यस्तै, पेरुमा ५ लाख १६ हजार २ सय ९६ संक्रमित र २५ हजार ८ सय ५६ को मृत्यु र मेक्सिकोमा ५ लाख ११ हजार ३ सय ६९ जना संक्रमित र ५५ हजार ९ सय ८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।