• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन १, २०८२ Fri, Feb 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सनसनीपूर्ण हारले उब्जाएका प्रश्नैप्रश्न

64x64
सराेज तामाङ शनिबार, साउन ३१, २०७७  १७:४०
1140x725

काठमाडौं- च्याम्पियन्स लिगमा बायर्न म्युनिकसँग ८-२ गोलको फराकिलो हारले स्पेनिस क्लब बार्सिलोनालाई मात्रै चिन्तित बनाएको छैन, टिमका खेलाडीको मात्रै मन दुःखेको छैन। बार्सिलोनाका समग्र समर्थक आश्चर्यमा छन्। आखिर बार्सिलोना चुक्यो कहाँ?

जर्मन क्लब बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्दा बार्सिलोना भने क्वार्टरफाइनलबाटै घर फर्किन बाध्य भयो। बार्सिलोनाले ७४ वर्षपछि ८ गोल खाएको हो। सन् १९४६ मा कोपा डेल रे फुटबलमा बार्सिलोना सेभियासँग ८-० गोलअन्तरले पराजित भएको थियो।

फराकिलो गोल अन्तरले पराजित भएपछि खेलप्रेमीदेखि खेलाडी र प्रशिक्षकसम्मले धेरै प्रश्न उठाएका छन्। बार्सिलोना कमजोर टिम हो? बार्सिलोनाको स्तर घटेको कि विपक्षी टिमको खेल सुध्रिएको? बार्सिलोनाको दबदबाको अन्त्य भएको हो? प्रशिक्षक क्विके सेटियनको रणनीति फेल खाएको कि खेलाडीले खेल्न नसकेको? यस्ता प्रश्न उठिरहेका बेला बार्सिलोना टिममा भने यी यावत् प्रश्नहरूको उत्तर खोज्न सुरु भएको छ। 

प्रशिक्षक सेटियन यो हारलाई दर्दनाक भन्छन्। ‘यो एक दर्दनाक हार हो। हामीले राम्रो सुरुवात गर्ने प्रयास गर्यौं तर विपक्षी टिमले हामीभन्दा हरेक कुरामा राम्रो खेल्यो।’

हुन त सुरुवाती समयदेखि नै बार्सिलोना दबाबमा थियो। खेलको चौथो मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा थोमस मुलरको गोलसँगै बायर्नले अग्रता लिइहाल्यो। तर, बायर्नका डेबिड एलबाको आत्मघाती गोलले बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्कायो। पहिलो गोल खाएको गल्तीलाई सुधार गर्दै बार्सिलोनाले यहीबाट लय समात्नु पर्थ्याे। तर, भत्किएको बार्सिलोनाको डिफेन्स एकपछि अर्को गर्दै झनै ठूलो भ्वाङ पर्दै गयो।

हारपछि बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले आफू धेरै दुःखमा रहेको प्रतिक्रिया दिएका छन्। ‘हामी सबै पीडामा छौं। हामी यसरी प्रतिस्पर्धा गर्न सक्दैनौं। केही भन्न लायक छैन,’ उनले भनेका छन्। 

बायर्नको मिडफिल्डर उतिकै चुस्त रह्यो भने फरवार्ड लाइन चुक्दै चुकेन। लेवान्डोस्की, मुलर, सर्ज गिनाब्री, इभान पेरिसिकले सुरुवाती समयदेखि नै बार्सिलोनाका डिफेन्डरलाई व्यस्त राखे।

Ncell 2
Ncell 2

२१औं मिनेटमा पेरिसिकले गोल गर्दै २-१ गोलको अग्रता लिएको बायर्नले २७औं मिनेटमा गिनाब्रीको गोलबाट ३-१ गोलको अग्रता बनायो। त्यसको चार मिनेटपछि अर्थात् खेलको ३१औं मिनेटमा नै मुलरले व्यक्तिगत दोस्रो गोल थप्दै बायर्नलाई पहिलो हाफसम्म ४-१ गोलको अग्रता दिलाए।

चुके मेस्सी
पहिलो हाफमा तीन गोलले पछि परे पनि बार्सिलोनाका लागि दोस्रो हाफमा खेलमा फर्किने मौका थियो। यसको राम्रो उदाहरण फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र एटलान्टाबीचको खेललाई पनि लिन सकिन्छ। एटलान्टासँग पिएसजी ८९औं मिनेटसम्म १-० गोलले पछि परेको थियो। तर, बाँकी समयमा दुई गोल गर्दै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको तथ्य छ।

उत्कृष्ट लय समात्ने हो भने बार्सिलोनाका लागि त्यो तीन गोलको फरक केही थिएन। तर खेलको अन्तिम मिनेटसम्म पनि त्यसको छनक देखिएन।

खेलको ५७औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४-२ गोलको स्थितिमा ल्याए। केही आशा पलायो। बार्सिलोनाका खेलाडीमा केही उत्साह छायो। प्रशिक्षक सेटियन मुस्कुराए। तर, उनको मुस्कान र खेलाडीको उत्साह फेरि सेलायो। ६३औं मिनेटमा जोसुआ किमिचले गोल गर्दै बायर्नलाई ५-२ को अग्रता दिलाइहाले।

बायर्नलाई मेस्सीको डर थियो। बार्सिलोनालाई लेवान्डोस्कीको। तर, बार्सिलोनाविरुद्ध बायर्नमा एकसे एक खेलाडी लेवान्डोस्की निस्किए। ७५औं मिनेटमा गिनाब्रीको स्थानमा परिवर्तित खेलाडीको रूपमा मैदानमा छिरेका ब्राजिलियन विंगर फिलिपे कौटिन्होको त कुरै नगरौं। कौटिन्हो बार्सिलोनाकै खेलाडी हुन्, तर लामो समय बेन्चमा रहिरहेका कौटिन्हो गत वर्ष मात्रै बायर्नमा लोनमा गएका थिए।

यो खेलले कौटिन्होको खेल करियरमा नयाँ मोडसमेत ल्याएको छ। उनले आफ्नै क्लबविरुद्ध दुई गोल गर्नुका साथै एक एसिस्ट गरे। कौटिन्होको पासमा लेवान्डोस्कीले हेडर गोल गर्दै बायर्नलाई ६-२ गोलको अग्रता दिलाउँदा प्रशिक्षक सेटियनले टाउकोमा हात राखेका थिए।

बायर्नले यो ७ मिनेटको समयमा तीन गोल गर्न सफल भयो। ८५औं मिनेटमा पहिलो गोल गरेका कौटिन्होले ८९औं मिनेटमा अर्को गोल थप्दा बायर्नले बार्सिलोनाविरुद्ध ८-२ गोलको जित निकाल्यो। कौटिन्होले गोल गर्दा कप्तान मेस्सी, लुइस स्वारेज, जिरार्ड पिके र प्रशिक्षक सेटियनको अनुहारमा निराशसँगै अथाह पीडाको भाव झल्किन्थ्यो।

कप्तान मेस्सीमाथि सबैको विश्वास र भरोसा थियो। तर, त्यो विश्वासलाई मेस्सीले न्याय दिन सकेनन्। हुन त मेस्सी यस्ता ठूला प्रतियोगिताको महत्वपूर्ण खेलमा सधैं चुक्ने नै गर्छन्। अर्जेन्टिनाको लागि त्यो, कोपा अमेरिका फुटबलमा होस् या विश्वकपमा। कप्तान मेस्सीले बायर्नको पोस्टमा २-३ पटक प्रहार गरे। तर, उनको प्रहार फितलो रह्यो।

बार्सिलोनाविरुद्ध दुई गोल गरेका मुलरलाई विश्वकप २०१४ को सेमिफाइनलमा ब्राजिलविरुद्धको खेलको झझल्को आइरह्यो। जितपछि मुलरले भने, ‘२०१४ मा ब्राजिलसँगको विश्वकप खेलमा जस्तो नियन्त्रण कहिल्यै थिएन। यस्तो बेलाबखत हुन्छ। तर यो विशेष रात बन्यो। सबैले राम्रो खेले। परिवर्तित खेलाडीले पनि उत्कृष्ट खेले। एकदमै खुशी छु।’ 

बर्खास्तमा पर्छन् सेटियन?
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेर अन्तिममा चुकेको थियो। रियल मड्रिडलाई लिगको अन्तिमतिर आइपुग्दा उपाधि सुम्पिएको बार्सिलोना यो सिजन ट्रफिविहीन बनेको छ।

बार्सिलोना उपाधि विहीन २००७-०८ को सिजनपछि पहिलो पटक बनेको हो। गत जनवरीमा प्रशिक्षक एर्नेस्टो भालभर्देलाई निकाल्दै बार्सिलोनाले नयाँ प्रशिक्षकको रुपमा सेटियनलाई नियुक्त गरेको थियो। त्यसबेला बार्सिलोना ला लिगाको शीर्ष स्थानमा थियो। स्पेनिस सुपर कपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँग पराजित भएपछि भालभर्देलाई निकालेको थियो।

भालभर्देभन्दा पनि अहिले सेटियन कठिन स्थितिमा पुगेका छन्। सेटियनलाई बार्सिलोनाले ल्याउनुको मुख्य कारण नै च्याम्पियन्स लिग र ला लिगा थियो। तर, दुवै प्रतियोगितामा सेटियन असफल भइसकेका छन्।

जब प्रतियोगितामा क्लबले नराम्रो नतिजा निकाल्छ, सबै भन्दा पहिले धरापमा पर्छन् प्रशिक्षक। यो विश्वव्यापी फुटबलको चलन हो। यहि चलन थियो र चलिआएको छ। केही दिनअघि मात्रै इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोन क्लबसँग पराजित भयो। त्यसको केही घण्टामै प्रशिक्षक मौरिजियो सारी बर्खास्तमा परे। उनको स्थानमा आफ्ना पूर्व खेलाडी आन्द्रे पिर्लोलाई नियुक्त गर्‍याे।

बायर्नसँगको खेलमा खेलाडीबीचमै तालमेलको अभाव भइरह्यो। प्रशिक्षक सेटियनले आफ्नो रणनीति अनुसार खेलाडीलाई मैदानमा उतार्न सकेनन्। कमजोर डिफेन्स उस्तै मिडफिल्ड हुँदा बार्सिलोनाको फरवार्ड लाइन चल्न सकेन।

फुटबलमा सबैभन्दा जोखिम पद नै प्रशिक्षकको हो। बार्सिलोनाका लागि असफल देखिएका प्रशिक्षक सेटियन अब के गर्छन्? क्लबले उनको बारेमा के सोचिरहेको छ? अनि खेलाडी यो हारको बारे के भन्छन्?

गम्भीर देखिएको प्रशिक्षक सेटियन भन्छन्, ‘अब प्रश्न उठ्छ म क्लबमा रहन्छु या रहन्न। तर क्लबमा रहने नरहने भन्ने कुरा ममा निर्भर रहन्छ। अब हामीले के महत्वपूर्ण हो, त्यसमा ध्यान दिनु पर्छ। एउटा विस्तृत योजना बनाउनु पर्छ।’

डिफेन्डर पिके पनि आफ्नो क्लबको संरचना नै परिवर्तन हुनुपर्ने धारणा राख्छन्। ‘यो हार स्वीकार्न निकै कठिन छ। तर यहाँबाट हामीले पाठ सिक्नु पर्छ। क्लबमा परिवर्तन गर्नु आवश्यक छ। म प्रशिक्षक वा खेलाडीको स्तरमा प्रश्न गर्न चाहन्न। तर, हाम्रो क्लबको सबै प्रकारको संरचना परिवर्तन हुनुपर्छ’, उनले भने।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय सभाको १९ औं अधिवेशन अन्त्य शुक्रबार, फागुन १, २०८२
कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने शुक्रबार, फागुन १, २०८२
‘मुलुकलाई लयमा फर्काउने एक मात्र माध्यम निर्वाचन’ : रामप्रसाद भण्डारी शुक्रबार, फागुन १, २०८२
रास्वपाले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल, शेर मल्लको स्थानमा ललितलाई भित्र्याइयो बिहीबार, माघ २९, २०८२
इटालीविरुद्ध नेपालको खराब सुरुवात, ब्याक टु ब्याक विकेट पतन बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्