काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तिमा ३८ जना बेपत्ता, सात जनाको शव निकालियो, अन्यको खोजी हुँदै
२) २४ घन्टामा थप ४ कोरोना संक्रमितको मृत्यु, ९९ पुगे मृतक, काठमाडौं उपत्यकामा ११८ सहित शुक्रबार ५९४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो।
३) कोरोनाका कारण तनावमा रहेका बैंकका कर्मचारीलाई अनलाइनबाट योगा गराउन राष्ट्र बैंकको निर्देशन, कोरोना संक्रमित कर्मचारीको सम्पूर्ण खर्च बैंक आफैंले बेहोर्नु पर्ने
४) अमेरिकी मध्यस्तामा ईजरायल र संयुक्त अरब इमिरेट्सबीच सम्बन्ध सामान्य बनाउने विषयमा सम्झौता, ऐतिहासिक सम्झौता भन्दै यसबाट मध्यपूर्वमा शान्ति कायम हुने दुवै देशद्वारा विश्वास व्यक्त
५) र, राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना भाइरस संक्रमण, मंगलबार संकलन गरिएको राष्ट्रिय फुटबल टिमका २९ सदस्यमध्ये २८ जनाको कोरोना रिपोर्ट नेगेटिभ
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।