• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'शीघ्र महाधिवेशन' नै नेकपा विवादको समाधान सूत्र

64x64
वीरेन्द्र ओली शुक्रबार, साउन ३०, २०७७  २०:०२
1140x725

काठमाडौं- महाधिवेशनका विविध विषयमा सहमति गर्दै नेकपामा जारी डेढ महिनायताको विवाद अन्त्य हुने सम्भावना बढेको छ। कार्यदल गठन गर्नुअघि बिहीबार र शुक्रबार बालुवाटारमा भएको छलफलले महाधिवेशनलाई केन्द्रमा राखेर अन्य विषयमा सहमति खोज्नसक्ने जानकार नेताहरुको भनाइ छ।

नेकपा स्थायी कमिटी बैठक गत असार १० गतेदेखि सुरु भएको थियो। त्यतिबेला तय भएको एजेन्डा १६ गतेको बैठकमा आइपुग्दा विषयान्तर भई विवादले प्रवेश पाएको थियो। त्यसयता विवादले उग्र रुप लिएपछि पार्टी विभाजनको आशंका समेत गरिएको थियो। तर, शुक्रबार कार्यदल बनाइएपछि पार्टी भित्रको विवाद मत्थर हुने विश्लेषण गर्न थालिएको छ।

बिहीबार र शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहित छलफल गरेका थिए। शुक्रबारको छलफलपछि पौडेल, पोखरेल र शर्मा सहित स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, भीम रावल र पम्फा भुसालाई समेत सहभागी बनाई ६ सदस्यीय कार्यदल गठन गरिएको छ।

महासचिव पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पार्टी विवाद समाधान खोज्ने जिम्मेवारी दिइएको छ। ‘कार्यदलले समस्या के हुन्, समाधान के हुन सक्छ भन्ने विषयमा विस्तारपूर्वक छलफल गरेर छिटो प्रतिवेदन पेश गर्ने छ। त्यो प्रतिवेदनलाई समेत आधार मानेर दुई अध्यक्षले औपचारिक रुपमा पार्टीका बैठकमा प्रस्तुत गर्नु हुने छ। पार्टीका आन्तरिक जीवनमा समस्या समाधान गर्नेगरी अगाडि बढ्ने छौं’, पौडेलको भनाइ छ।

उता कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले आफूलाई कार्यदलमा राखिएको विषयमा जानकार नभएको बताए। आफूले समेत मिडियामा आएपछि मात्रै जानकारी पाएकाले कार्यदलका सम्बन्धमा थप जानकारी नभएको बताए। प्रधानमन्त्री ओलीले बुधबार प्रशारित एक टिभी अन्तर्वार्तामा पार्टीको विवाद समाधानउन्मुख भएको संकेत गर्दै पाँच दिनभित्रै सिनारियो परिवर्तन हुने बताएका थिए।

विवादको सिलसिला
वैशाख ८ गते प्रधानमन्त्री केपी ओलीले दल फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याएपछि नेकपामा पछिल्लो विवाद सुरु भएको हो। विवादले उग्ररुप लिएपछि त्यतिबेला पनि नेकपा विभाजनको चर्चा चलेको थियो। नेकपाको कमिटीभित्र पहिलोपटक प्रधानमन्त्रीको राजीनामा मागियो। तर वैशाख २० को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आत्मालोचना गरेपछि नेकपामा ‘युद्धविराम’ भयो। प्रधानमन्त्री ओलीले जसरी पनि राजीनामा दिनुपर्छ भन्नेहरुले पनि उनको आत्मालोचनामै चित्त बुझाउन बाध्य भए।

असार १० गतेदेखि सुरु स्थायी कमिटी बैठककै बीचमा असार १४ गते मदन भण्डारी फाउन्डेसनको एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउन दिल्ली सक्रिय भएको र पार्टीभित्रैका नेताहरुले सहयोग पुर्‍याएको आशय दिएपछि विवाद चर्किएको हो। प्रचण्ड, माधव नेपाल, झलनाथ खनालले लगायतका नेताहरुले ओलीको राजीनामा मागे। स्थायी कमिटी बैठकका ३० भन्दा धेरै सदस्यहरुले कडा वा नरम भाषामा ओलीको राजीनामाको विषय उठाए। असार १६ गतेको बैठकमा चर्को गरी उठेको यो विषयपछि नेकपामा कडा विवाद सुरु भएको हो।

विवाद उत्कर्षमा पुगेपछि राजीनामा माग्ने पक्षले कम्तीमा एक पदबाट राजीनामा दिनुपर्ने बताउन थालेका छन्। ओलीले भने कुनै पदबाट पनि राजीनामा नदिने स्पष्ट पार्दै आएका छन्। आ-आफ्नो पक्षलाई बलियो बनाउन बहुपक्षीय छलफल, गोप्य भेला, गुट भेला चल्ने गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सहमति हुन नसक्दा यसबीचमा अधिकांश बैठकहरु स्थगित हुँदै आएका छन्। गत १३ गतेको बैठक त एकपक्षले स्थगित गर्ने र अर्को पक्षले बस्ने समेत भयो।

यसै सन्दर्भमा हिजो र आज बालुवाटारमा भएको छलफल समाधानउन्मुख दिशातिर गएको नेताहरुको संकेत छ। ‘आजका मितिदेखि नेकपाको विग्रहको जुन कल्पना गरेका थिए कतिपय मनिसहरुले। नेकपामा कुनै किसिमको विग्रह आउँदैन। नेकपा एकतावद्ध भएर अघि बढ्छ। नेकपाको एकता अक्षुण्ण रहनेछ भन्ने सुनिश्चित भएको छ। आजका मितिसम्म जे जस्ता समस्याहरु देखिएका छन्। ती समस्याहरुलाई सस्थागत ढंगले समाधान गर्नेगरी अगाडि बढ्ने छौं’, महासचिव पौडेलको भनाई छ।

महाधिवेशनमा सहमति?
नेकपाको अन्तिरिम विधान २०७५ को धारा १७ मा एकताको राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुने उल्लेख छ। एकताको राष्ट्रिय महाधिवेशन आगामी २ वर्षभित्र सम्पन्न हुने भनिए बमोजिम गत माघमा बसेको केन्द्रीय कमिटी बैठकले ०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशनको मिति तोकिसकेको छ। विधानको धारा १७ को ‘ग’मा एकताको राष्ट्रिय महाधिवेशन सहमति र समझदारीका साथ सञ्चालन गर्न महाधिवेशन आफैंले आवश्यक विधि ,प्रक्रिया र सञ्चालन तय गर्ने उल्लेख छ। सहमतिमा एकता राष्ट्रिय महाधिवेशन गर्ने भनिएकाले पार्टी नेतृत्व निर्वाचन नभई सहमतिबाटै आउने भएको छ।

अर्ली महाधिवेशन गरिने भए पनि प्रचण्डको मुख्य चासो पार्टी नेतृत्व नै हो। पार्टी नेतृत्व सहमतिबाट आफ्नो हातमा आउँछ वा आउँदैन, उनको मुख्य चासो त्यसमै छ। संवादमा प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउने र त्यसको संयोजक बन्न प्रचण्डलाई प्रस्ताव गरेको एक नेताले बताए। त्यसरी जाँदा दुवै अध्यक्षले राजीनामा दिएर आफू महाधिवेशन आयोजक समितिको संयोजक हुनुपर्ने प्रचण्डको माग छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रचण्डको मागलाई ओलीले षडयन्त्रको रुपमा बुझेका छन्। त्यसैले आफूले राजीनामा नदिई प्रचण्डलाई महाधिवेसन आयोजक समितिको संयोजक बन्न आग्रह गरेका छन्। यदि त्यसरी सहमति हुन नसक्ने हो भने उपाधयक्ष वामदेव गौतमलाई महाधिवेशन आयोजक समिति संयोजक बनाउनुपर्ने उनको प्रस्ताव छ। यसरी जाँदा गौतमको सम्मान हुनुका साथै सहमतिमा महाधिवेशनबाट नेतृत्वमा आउन सजिलो हुने भन्दै ओलीले प्रचण्डलाई फकाउने गरेका छन्।

प्रचण्डलाई पार्टीको नेतृत्व बुझाएन ओली र माधव नेपाल दुवै तयार छैनन्। लामो समय प्रचण्ड पार्टी नेतृत्वमै भएकाले फेरि अध्यक्ष बनाउँदा कतै अनन्तकालसम्म जान्छ कि भन्नेमा दुवै नेतालाई पिरलो छ। प्रचण्ड जस्तो चलाख र चतुर नेतामा पार्टी नेतृत्व गए पूर्वएमाले समूहबाट सदाका लागि पार्टी नेतृत्व गुम्ने उनीहरुको विश्लेषण छ।

तत्काल ओलीले प्रचण्डलाई नेतृत्व दिन नखोज्नुमा एउटा पार्टीगत विरासत र अर्को वैचारिक पक्ष नै हो। प्रचण्ड एमाले विरासतका होइनन् भने जनताको बहुदलीय जनवाद (जबज)मा विमति राख्छन्। यदि आफूले जबज स्वीकार गरे एमालेमा विलय भएको ठहर्ने र पूर्वमाओवादीका नेताहरु बिच्किन सक्ने उनको बुझाइ छ।

उता नेकपामा ओली-प्रचण्ड जत्तिकै सशक्त तेस्रो शक्ति माधव नेपाल समूह हो। नेपालको जोड सरकारभन्दा पार्टीकै नेतृत्वमा आउने देखिन्छ। ओलीबाट पार्टी नेतृत्व फुत्काउन सके नेतृत्वमा आफ्नो दाबी हुनसक्ने रणनीतिमा उनी छन्। अहिले नै ओलीले आफूलाई पार्टी नेतृत्व नदिने भएकाले प्रचण्डको काँधमा नेपालले बन्दुक राखेर चलाइरहेको कतिपय नेताको विश्लेषण छ। महाधिवेशनबाट पार्टी नेतृत्वमा ओलीले दाबी नगरे प्रचण्ड र नेपालकै घम्साघम्सी पर्ने देखिन्छ।

मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने
पार्टीभित्रको विवाद साम्य पार्न मन्त्रिमण्डल हेरफेर गर्नुका साथै मुख्यमन्त्री समेत बदलिन सक्ने विश्लेषण सुरु भएको छ। संघीय सरकारमा प्रभावकारी काम गर्न नसकेका कतिपय मन्त्रीलाई हटाएर नयाँ ल्याउने हुनसक्छ। सञ्चार मन्त्रालय र सहरी विकास मन्त्रालय अहिले पनि रिक्त छ। पार्टीभित्रको समीकरण मिलाएर त्यहाँ पनि जिम्मेवारी दिने काम हुनसक्छ।

यसअघि प्रधानमन्त्री ओली स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, श्रम मन्त्री रामेश्वर राय यादव, वन मन्त्री शक्ति बस्नेतबाट प्रभावकारी काम हुन नसकेको भन्दै असन्तुष्ट थिए। यस्तै पर्यटन मन्त्री योगेश भट्टराई र भूमि सुधार मन्त्री पद्मा अर्याललाई अर्को कुनै नयाँ मन्त्रालयमा पठाउने चर्चा भएका थिए। अब पार्टीभित्रको विवाद साम्य पार्नुका साथै पावर सेयरिङबाट सहमति गर्ने अवस्था आए प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई फेरबदलमा पर्नसक्ने नेकपाका नेताहरुको अनुमान छ।

यस्तै सरकारी नियूक्तिका विषयमा समेत पार्टी कमिटीबाट निर्णय गर्ने जस्ता विषयले समेत पार्टी र सरकारको सम्बन्ध व्यवस्थित हुनसक्ने आकलन गरिएको छ।

‘नेकपामा जुन किसिमको समस्या प्रकट भयो। त्यो समस्या सबैका लागि चिन्ता र चासोको विषय थियो। हामी किन यस्ता समस्यामा अल्झिन बल्झिन पुग्यौं? ती समस्या समाधानका उपाय के हुन्? त्यतातिर छलफल गर्छौं’, पौडेलको भनाइ छ। 

भर्खरै गठन भएको कार्यदलमा छलफल प्रारम्भ भएपछि थप विषय खुल्दै जानेछन्।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  २०:०२
  • #नेकपा
  • #नेकपा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्