काठमाडौं- नेकपा स्थायी कमिटी सदस्यसमेत संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले कार्यदलमार्फत् पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउने अर्को विकल्प नरहेको बताएका छन्।
नेकपाले शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्य कार्यदल गठन गरेपछि समाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री भट्टराईले कार्यदलबाटै विवाद समाधानको बाटो खोज्नु पर्ने बताएका हुन्।
‘नेकपामा उत्पन्न समस्या र गत्यारोधको समाधानका लागि कार्यदलमार्फत् प्रक्रिया शुरु हुनु सकारत्मक छ,’ भट्टराईले लेखेका छन्, ‘पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउनुबाहेक अर्को कुनै विकल्प छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।